☰ open Loading... 9 October 2024|  

नारायण नगरपालिकाकै गेटमै हात धुन पाईदैन
  | ८ आश्विन २०७७, बिहीबार ०७:५०

यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखको गेटमा राखीएको हातधुनका लागि राखीएको स्टेन अलपत्र परेको छ । गेटमै जोडेर राखेको स्टेन पानी र सावुन नहुदा अर्थहिन भएको हो । डिभिजन वन कार्यालयले उपलब्ध गराएको फलामको मेशिनमा ड्रम मार्फत खुटटाबाटै पानी र सावुन निकाल्ने मिल्ने स्टेन राखीएको थियो । लामो समयदेखी पानी नहुँदा प्रयोग विहिन भएको हो । सडकमा हिड्नेहरु हात धुन पुग्छन् पानी धारामा आउँछ न सावुन नै हुन्छ खाली फर्किन बाध्य हुन्छन् ।

क्याप्सन – पानी र सावुन विहिन महिनादिनदेखी अलपत्र परेको हातधुने स्थल तस्विर ः पश्चिमनेपाल डटकम

कोरोना रोकथामका लागि सार्वजनिक स्थानमा राखीएको प्राविधिपूर्ण हातधुने मेशिन अलपत्र भएपछि नगरपालिकाका कर्मचारी, जनप्रनिधिहरुको चरित्रमाथि नै प्रश्न गरेका छन् । बजार आउँदा धेरै कामले यताउता गरिएपछि नगरपालिकाको गेटमा हात धुन खोज्दा पानी नै नआएर हात धुन नसकिएको बजारमा आएका राम थापाले गुनासो गरे । पानी र सावुन राख्ने दायित्व डिभिजन वनकै हो की नगरपालिकाको हो ? स्थानीयहरुले प्रश्न गरेका छन् । सानो सानो कुरामा नगरपालिका उदासिन छ भने, समृद्ध नगरपालिका बनाउन र हुन यसरी सम्भव नहुने स्थानीयको भनाई छ । कोभिडको बेला सार्वजनिक स्थलमा रहेका हातधुने मेशिनलाई ब्यवस्थीत गर्न नसक्ने नगरका मेयरले अरु के गर्लान ? के आशा गर्ने ? एक स्थानीयले गुनासो गरे।