☰ open Loading... 18 April 2024|  

विद्यालयमा आगलागी
  | १५ आश्विन २०७७, बिहीबार १४:०७

सुर्खेत, असोज १५-जाजरकोटको एक विद्यालयमा बिहीबार बिहान आगलागी भएको छ । छेडागाड नगरपालिका-६ सुनाउलीमा रहेको जनविकास माध्यमिक विद्यालयको कार्यालय कोठामा आगलागी भएको हो । आगलागीबाट कार्यालयका सम्पूर्ण स्टेशनरी सामानलगायत टेबुल र कुर्सीहरु जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका थिए । विद्यालयमा कसले आगो लगाएको भनि यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता बास्तोलाले जानकारी दिए ।