☰ open Loading... 9 October 2024|  

सञ्चारकर्मी थापामाथि कुटपिट
  | १६ आश्विन २०७७, शुक्रबार १३:११

 

सुर्खेत, असाेज १६-सुर्खेतका सञ्चारकर्मी टेकराज थापामाथि अज्ञात समूहले बिहीबार राति कुटपिट गरेकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरबाट प्रसारित प्रदेश एफएममा कार्यरत थापालाई उक्त समूहले रेडियाे नेपाल नजिकै कुटपिट गरेका हुन् ।

कार्यालयकाे काम सकिएर काेठा फर्किँदै गर्दा ६ जनाकाे समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी घाइते बनाएका छन् । घाइते थापाकाे टाउकाे र शरीरका अन्य भागमा चाेट लागेकाे छ । मदिरा सेवन गरेर आएका व्यक्तिहरुले ढुंगामुडाले कुटपिट गरेकाे घाइते थापाले जानकारी दिए । साथै उनले दाेषीलाई कारबाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । सञ्चारकर्मीमाथि कुटपिट हुनु गलत कार्य भएकाे नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले जनाए । दाेषीलाई कडा कारबाही हुनुपर्ने उनकाे माग छ । काेराेना भाइरसकाे संक्रमणका बेला आफ्नाे ज्यान जाेखिममा राखेर जनतालाई सूचना दिलाउन तल्लिन सञ्चारकर्मी र पत्रकारलाई कुटपिट गरिनु नागरिककाे सूचना पाउने अधिकार कुण्ठित भएकाे नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य गणेश विशुले बताए ।