☰ open Loading... 13 October 2024|  

कर्णाली सरकारको कार्य सम्पादनमा जनशक्ति बाधक
  | १७ आश्विन २०७७, शनिबार ०८:३२

 

सुर्खेत । कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ । मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार यहाँ कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो । उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ ।

यद्यपी प्रदेश सरकारले यहाँ आउने कर्मचारीका लागि प्रोत्साहन भत्ता कार्यक्रम ल्याएपनि अझै कर्मचारी अभाव देखिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अर्न्तगतका कार्यालयमा जनशक्ति अभाव भएकै कारण कार्यक्रहरु प्रभावकारी तरिकाले गर्न नसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्वीकृत दरबन्दीभन्दा ५५.४ प्रतिशत जनशक्ति कमी भएको छ । हाल मन्त्रालयमा ४४.६ प्रतिशत जनशक्ति रहेका छन् ।

मन्त्रालय वा अन्र्तगत रहेका जम्मा एक हजार ७० दरबन्दीमध्ये चार सय ७७ दरबन्दी मात्र पूर्ति भएको मन्त्रालय स्रोतले जनाएको छ ।
सामाजिक विकास कार्यालय अन्र्तगत जुम्लामा ७ दरबन्दीमध्ये ३, मुगुमा ६ मध्ये २, हुम्लामा ६ मध्ये २ दरबन्दी कार्यरत रहेका छन् भने कालिकोटमा ६ मध्ये २, जाजरकोटमा ७ मध्ये ३, दैलेखमा ७ स्वीकृति दरबन्दीमध्ये ३ जना कार्यरत रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै, शिक्षा विकास निर्देशनालय सुर्खेतमा २८ स्वीकृत दरबन्दीमध्ये १६, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा ३७ मध्ये ३० जना कार्यरत छन् ।

मन्त्रालय स्रोतका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन सय २५ मध्ये ८२, मेहलकुना अस्पताल सुर्खेतमा ५३ मध्ये ३४ र स्वास्थ्य सेवाका कार्यालय रुकुमपश्चिममा ४८ दरबन्दीमध्ये ३० जना कार्यरत छन् भने स्वास्थ्य सेवा कार्यालय सल्यानमा ६५ मध्ये ३०, डोल्पामा ४७ मध्ये, १० र जुम्लामा १६ मध्ये १६ जना कार्यरत छन् ।

यसैगरी स्वास्थ्य सेवा कार्यालय मुगुमा ४८ स्वीकृत दरबन्दीमध्ये २३, हुम्लामा ४८ मध्ये १२, कालिकोटमा ४७ मध्ये १४, जाजरकोटमा ६५ मध्ये ३७, दैलेखमा ६५ मध्ये ३१ सुर्खेतमा १५ स्वीकृत दरबन्दीमध्ये १३ जना कार्यरत रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार प्रदेश आयुर्वेद औषधालयमा सुर्खेतमा ८ स्वीकृत दरबन्दीमध्ये ७, मानव संसाधन विकास केन्द्रमा ३२ मध्ये २२ जना र प्रदेश संग्रहालय सुर्खेतमा १३ स्वीकृत दरबन्दीमध्ये ८ जना कार्यरत रहेका छन् ।

मन्त्रालयको तुलनात्मक रुपमा पाँचौ, छैठौं र सातौं कर्मचारीको पदपूर्ति सबभन्दा बढि ५७.७ प्रतिसत र नवौं तहका कर्मचारीको पदपूर्ति सबभन्दा कम ११.६ प्रतिशत रहेका छन् ।
प्रदेश अन्र्तगत चिकित्सकहरुको जम्माक दरबन्दी एक सय ८४ मध्ये करार बाहेक जमम्मा ३२ जना कार्यरत छन् । जुन स्वीकृत दरबन्दीको १७.४ प्रतिसत रहेको छ।