☰ open Loading... 20 April 2024|  

प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे प्रदेश संयाेजकमा न्याैपाने
  | २१ आश्विन २०७७, बुधबार ११:४६

 

सुर्खेत – कालिकाेटका अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्याैपाने नेपाल प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे कर्णाली प्रदेश संयाेजकमा मनाेनित भएका छन। नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, शिक्षा पत्रकार समुहका प्रदेश सदस्य, बि.टि.एस. मिडिया प्रालिका अध्यक्ष, अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्यौपानेलाई नेपाल प्रजातान्त्रिक महासंघले आफ्नाे सूचना तथा प्रचार बिभागकाे कर्णाली प्रदेशको संयोजकमा मनोनीत गरेकाे हाे । उनी बिगत १५ बर्षदेखी विभिन्न बिद्युतिय तथा छापा संचार माध्यममा आबद्व भएर सक्रिय रुपमा पत्रकारिता पेशामा लागिरहेका छन । उनले लामाे समयकाे सक्रिय पत्रकारिता गर्दा राष्टिय कृषि पत्रकारिता पुरस्कार २०७२, फेडवासन वास पत्रकारिता पुरस्कार २०७३, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७५ लगायत झण्डै अाधा दर्जन पुरस्कारले सम्मानित भएका छन् । उनले नेपाल प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे कर्णाली प्रदेशकाे संयाेजककाे सजिम्मेबारी प्रदान गर्ने केन्द्रीय समिति प्रति आभार व्यक्त गर्दै समाजमा प्रजातान्त्रिक बिचारलाई स्थापित गर्न पत्रकारिता मार्फत सक्रिय रुपमा लागि पर्ने बताए ।

नेपाल प्रजातान्त्रिक महासंघ नेपाल,सूचना तथा प्रचार बिभाग प्रमुख रोजि ढकाल पराजुलीले प्रदेश संयाेजक न्याैपानेलाई बधाई दिदै प्रजातान्त्रिक मूल्य र मान्यता समाजमा स्थापित गर्न पत्रकारहरुकाे ठुलाे भुमीका रहेकाे बताईन । उनले कर्णालीमा यस अभियानलाई सफल बनाउन न्याैपानेकाे नेतृत्व सफल बन्नेमा अाफु बिस्वस्त रहेकाे बताईन । उनले नेपालका विभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेकाहरुकाे साझा चाैतारी प्रजातान्त्रिक महासंघले मुलुकभरी नै सामाजिक कार्यमा समेत याेगदान दिने बताईन ।