☰ open Loading... 5 October 2024|  

दैलेखमा प्रहरीले थाल्यो मौसमी अभियान
  | २१ आश्विन २०७७, बुधबार १५:३४

यामराज बिष्ट दैलेख -जिल्ला प्रहरीले मौसमी रुपमा मदिरा नष्ट अभियान थालेको छ । वर्षमा एक पटक घरेलु मदिरा नष्ट गर्न तडकभडक गर्ने प्रहरी अघिपछि बेवास्था गर्ने गरेको पाईएको हो ।

जनप्रतिनिधिसंगको सहकार्यमा जिल्लाभर मदिरामुक्त गर्न सकिन्छ तर, वर्षको एक पटक मदिरा नष्ट अभियानले वर्षेनी मदिरा उत्पादन वृद्धि हुनुका साथै आफुखुसी मुल्य निर्धारण गरेर रक्सीको पैसा असुल्ने गरेको पाईएको छ ।

क्याप्सन ः नारायण नगरपालिकामा मदिरा नष्ट गर्दै प्रहरी। गुरासँ गाउँपालिकाको लालीकाँडामा प्रहरीले मदिरा नियन्त्रणमा लिएपछि ।


जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी नयाँ सरुवा भएर आएसंगै घरेलु मदिरा लगायतका अभियान थाल्ने त्यसपछि चुप लागेर बस्ने गरेको पाईएको छ । अहिले नारायण नगरपालिकामा प्रहरीले माईकिग गरेर घरेलु मदिरा उत्पादन र वितरण नगर्न भनिरहेको छ । प्रहरीले नष्ट गर्न अभियान थालेको छ ।
यो अभियान १ महिना गरेर त्यसपछि सुस्ताउने गरेको यसअघिका कार्यक्रमले देखाएको छ । फेरी उत्पादन सुरु हुने वितरण हुने गर्दछन् । गत वर्ष जिल्लाभर प्रहरीको सहयोगमा अभियान गरिएको हो । तर, मौसमी अभियान जस्तो भएकाले घरेलु रक्सी उत्पादन र विक्रि वितरण रोकिएको छैन् ।

‘अहिले नयाँ हाकीम आएपछि अभियान थालिएको छ।’ एक स्थानीयले भने, यसलाई वर्षभरि निरन्तरता दिए समाज परिवर्तन हुने थियो ।’ १९ गते प्रहरीले भानुठाकुरमा रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ । मदिरा उत्पादन गर्ने परिवारलाई उद्यमशिलतातिर जोड्न स्थानीय तहहरु सक्रिय भएमा घरेलु रक्सी उत्पादनमा कमी आउने देखीन्छ। उनहरुलाई उद्यमशिलसंगै रोजगारका कार्यक्रमहरु स्थानीय तहले बनाएमा समाजमा मदिराकै कारण हुने घटनाहरुमा कमि आउने थिए ।