यामराज विष्ट दैलेख, नारायण नगरपालिका ४ सोतमा ११ महिनाअघि घर छेउमै रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएका ११ वर्षका बालक गणेश विष्टका परिवारले सहमति अनुसारको क्षतिपुर्ती रकम अँझै पाएका छैनन् । पटक पटक विद्युत कार्यालय जाँदा समेत सहमति भएको राहत नदिएको आरोप परिवारजन गरेको हुन् ।
गत मङ्सिर २८ गते करेन्ट लागेर बिद्युतको तारमा अड्किएर मृत्यु भएपछि पीडित परिवारसंग क्रिया खर्च, घरको एक जनालाई रोजगारी र पाँच लाख रुपैयाँ दिने सहमति भएपछि शव बुझेर दाहसंस्कार गरिएको थियोे । विद्यूतको लापरबाहीकाकारण करेन्ट लागेको भन्दै शव बुझ्न परिवारले नमानेपछि सहमतिका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्का, विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख र पीडित परिवारबाट नारायण नगरपालिका वडा नः ११ का वडा अध्यक्ष टङ्क बहादुर विष्ट र वडा न ः ४ का अध्यक्ष वीर बहादुर कटुवालले सहमति पत्रमा हस्ताक्षण गरेको थिए ।
क्याप्सन ः राहत रकम ११ महिनासम्म नदिएको गुनासो गर्दै परिवारका सदस्य ।
मृतक बालकका बुवा अम्मर बहादुर विष्ट छोरा गुमाउँदा आफू पीडामा परे पनि सम्बन्धित निकायले चासो नदिँदा समस्यामा परेको बताए । विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रमा जाँदा तपाईँहरूको काम हुन्छ भन्न थालेको १० महिना भए पनि आफूहरूले राहत नपाएको गुनासो गरे ।
विद्युत् प्राधिकरण बिद्युत वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले कोरोनाका कारण विचमा राहत दिने प्रकृया अघि नबढेपनि अव, प्रकृया अघि बढाईने बताए ।
नारायण नगरपालिका –११ का अध्यक्ष टङ्कबहादुर विष्टले आफुले नै कागज पत्र तयार गरी पठाएको भए पनि भुक्तानीबारे परिवारले आफुलाई जानकारी नदिएको बताए। यदि राहत नपाए विद्युतमा पुगेर पहल थाल्ने विष्टको भनाई छ ।