सुर्खेत -अनौपचारिक क्षेत्र बाट बृहत यौनीकता शिक्षा प्रवद्र्धन गर्दै कर्णाली प्रदेश सरकार
बृहत यौनीकता शिक्षा सम्बन्धी कार्यक्रमहरु विभिन्न माध्यमबाट सञ्चालन गर्ने भएको छ । विद्यालय शिक्षाको माध्यमबाट बृहत यौनीकता शिक्षा प्रदान गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई ऐच्छिक बनाईएकाले आगामी दिनमा अनौपचारिक क्षेत्रको माध्यमबाट सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका शाखा अधिकृत पदम बहादुर बुढा क्षेत्रीले बताउनुभयो।
नेपाल युवा संस्था सञ्जाल (आयोन) ले विगत लामो समयदेखि बृहत यौनीकता शिक्षा बिषयमा काम गरिरहेको र हाल बिद्यालय शिक्षामा समावेश गरिएका पाठ्यपुस्तकमा धेरै कुरा छुटेको संस्थाकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले बताउनुभयो । संस्थाले तयार गरेको पाठ्यक्रम माथिको सुझाव पत्र प्रस्तुत गरिएको थियो ।
नेपाल युवा संस्था सञ्जाल (आयोन) ले शुक्रवार कर्णाली प्रदेशका युवाहरु बिच गरेको छलफल कार्यक्रममा कर्णाली प्रदेशका करिब ३० युवाको उपस्थित रहेको थियो । कार्यक्रमकाे सञ्चालन नेपाल युवा संस्था सञ्जाल आयोनका कार्यसमिति सदस्य विकल राईले गर्नुभएको थियो ।
| २३ आश्विन २०७७, शुक्रबार १८:२२