☰ open Loading... 18 April 2024|  

वीरेन्द्रनगरको लेखापालमाथि जबरजस्ती करणी गरेको आरोप
  | २३ आश्विन २०७७, शुक्रबार १९:०६

  • सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप लागेको छ।

नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले एक महिलालार्इ जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

उनीमाथि महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गत असोज ६ गते बीरेन्द्ररनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

शर्माले महिलालार्इ होटलमा लगेर मादकपदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ।

यता जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलार्इ प्रकाउ गर्न आदेश समेत दिर्इसकेको छ।

तर प्रहरीले भने शर्मालार्इ अहिले सम्म पनि प्रकाउ गर्न सकेको छैन।

घटनापछि शर्मा फरार रहेको प्रहरीको भनार्इ छ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले घटनाबारे अनुसन्धान भईरहेको भन्दै फरार शर्माको खोजीकार्य जारी रहेको जानकारी दिए।

उहाँले उजुरीका आधारमा शर्माको खोजि भर्इरहेको भन्दै अनुसन्धान भईरहेकोले धेरैकुरा बताउन नसकिने बताए ।