दिनेश खड्का’खप्तडी’ मलेसिया । अबैधानिक रुपमा मलेसियामा बस्दै आएका तथा सरकारले जारी गरेको Movement Control order(MCO) उलङ्घनको आरोपमा पक्राउ परी कस्टकर जेल जीवन समाप्त पछि घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई जनउद्वार केन्द्र मलेसियाले दुई जनाको टिकट सहित ७ जनालाई सकुशल उद्धार गरि स्वदेश फिर्ता गरेको छ ।
मलेसिया सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि जारी गरेको Movement Control order उलङ्घनको आरोपमा जेल परेका साथै कार्यरत कम्पनी छोडेर अबैधानिक रुपमा बस्दै आएका ७ जनालाई शुक्रबार जनउद्वार केन्द्र मलेसियाले कानु-प्रक्रिया पुरा गरि हिमालयन एअरलाइन्सको चार्टड उडान मार्फत नेपाल पठाएको जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले बताउनुभयो ।
शुक्रबार स्वदेश फिर्ता हुनेमा सप्तरीका अनिल कुमार रजक,श्याम सुन्दर सदा , गुल्मिका गंगा बहादुर बस्नेत , बाँकेका गिरिजा प्रसाद महतो ,राकेश यादब, राजुनाथ योगी ,संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन ।
बर्तमान विषम परिस्थितिमा विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा गएर नेपाली हरुको अवस्था बुझ्न सहज पक्कै पनि थिएन तर पनी हाम्रो निरन्तर प्रयासको कारण ७ जना युवा मातृभुमी फर्काउन सफल भएको अध्यक्ष थापाले बताए ।
जनउद्धार केन्द्र मलेसियाका उपाध्यक्ष रुप बहादुर टन्डन (भरत), घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा दुइ जनाको टिकट ब्यवस्थापन गरेको समाजका महासचिव शंकर देव आर्चायले बताए ।
सामाजिक कल्याण संघ जनउद्वार केन्द्र मलेसियामा स्थापना भए देखि नै निरन्तर रुप परोपकारी कार्य गर्दै आएका छ। शुक्रबार स्वदेश फिर्ता हुने सबैलाई जनउद्धार केन्द्र मलेसियाले सु-स्वास्थ र प्रगतिको शुभकामना व्यक्त समेत गरेको छ ।