☰ open Loading... 20 April 2024|  

जवरजस्ती करणी आराेपी लेखापाल खेमराज शर्मा पक्राउ
  | २४ आश्विन २०७७, शनिबार १५:२४

जबरजस्ती करणीकाे आराेप लागेका लेखापाललार्इ प्रहरीले पक्राउ गरेका छ । वीरेन्द्रनगर नगरपालिकाकाे लेखा शाखामा कार्यरत खेमराज शर्मालार्इ प्रहरीले शनिबार विहान पक्राउ गरेकाे हाे ।

नगरपालिकाका लेखापाललाई जवरजस्ती करणीकाे आराेप सम्बन्धी समाचार प्रकाशित भएकाे २४ घण्टा नबित्दै प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे ।

शर्माले एक महिलालार्इ जबरजस्ती करणी गरेकाे भन्दै प्रहरीमा परेकाे उजुरीकाे आधारमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार शर्मालाइ आज विहान उनकै घरबाट पक्राउ गरिएकाे हाे । उजुरीका आधारमा शर्मालार्इ पक्राउ गरी थप अनुसन्धान भैरहेकाे भट्टले जानकारी दिए ।

गत असोज ६ गते वीरेन्द्ररनगरस्थित बसपार्कको एक होटलमा शर्माले करणी गरेको पीडित महिलाले दिएकाे जाहेरीमा उल्लेख गरिएको छ। साथै शर्माले महिलालार्इ होटलमा लगेर मादक पदार्थ सेवन गरी करणी गरेको समेत उल्लेख गरिएकाे छ।