☰ open Loading... 9 October 2024|  

बालिका बचाऔँ सरकार भन्दै युवायुवती सडकमा
  | २४ आश्विन २०७७, शनिबार १८:०६

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् ।

बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौँ । हातेमालो गरेर एक अर्काे युद्ध आरम्भ गरौं । बलात्कार विरुद्धजस्ता प्लेकार्ड बोकेर शनिबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण ¥याली निकालेको आन्दोलनको नेतृत्व गरेकी दीपा आचार्यले बताइन् । ‘पछिल्लो समय घरबाटै बालिका तथा किशोरी असुरक्षित छिन्,’ उनले भनिन्, ‘जसका विरुद्ध हामी सबै बोल्नुपर्छ ।’ दिनानुदिन बलात्कारका घटना घट्दै गए पनि सरकार भने गम्भीर नभएको उनले आरोप लगाइन् । दोषीहरू खुलेआम हिँडिरहेको भन्दै उनले भनिन्, ‘कुर्ची टिकाउन सरकारले दोषी देखे पनि नदेखेझैं गरिरहेको छ ।’


आफ्नै घर, गाउँ, समाजमा बलात्कार रोक्न सबै एकताबद्ध भएर आवाज उठाउनु पर्ने अर्की सामाजिक अभियान्ता लक्ष्मी खत्रीले बताइन् । उनका अनुसार उक्त ¥यालीमा सुर्खेतका युवायुवती स्वतस्फूर्त ढंगले सहभागी भएका छन् । ¥यालीमा सुर्खेत ओमन रोम रिलोडेट, मोटे ग्याङ नेपाल, ९९३ रेसिङ टीम, परिवर्तन समूह लाटीकोइली, तनाव छ जिन्दगी फाउण्डेसन, कैंची ग्याङ, जीवन विज्ञान, लियो क्लब, बिएफडीएम, आरुष क्रियसनलगायतले सहयोग गरेका थिए ।