☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने पक्राउ

  |

प्रहरीकाे भान्सेमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । सुर्खेतकाे चिङगाड गाउँपालिका ६ अवचिङ बस्ने ३४ वर्षिय कमलबाबु रानालाइ शनिबार प्रहरीले पक्राउ गरेकाे हाे ।

जाजरकाेट नलगाड नगरपालिका ५ बस्ने २४ वर्षिय राजकुमार सिंहबाट प्रहरीकाे कार्यालय सहयाेगी (भान्से)मा जागिर लगाइदिन्छु भन्दै रकम लिर्इ ठगी गरेकाे पाइएपछि उनलाइ नियन्त्रणमा लिर्इ ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

साथै, कार्यालयले रानाबाट अन्य काेही व्यक्ति ठगीएकाे भए यथाशिघ्र कार्यालयमा सम्पर्क गर्न समेत सूचना जारी गरेकाे छ ।

प्रकाशित मितिः आइतवार, अशोज २५, २०७७     7:52:45 PM
error: Content is protected !!