☰ open Loading... 20 April 2024|  

जनताको गणतन्त्रमा शासकहरुको रजाइँ
  | २७ आश्विन २०७७, मंगलवार १९:०५

 

 

अब लागौँ कहाँ ठाउ छैन
विकल्पको खोजीमा नलागी भएन ।
पुर्खाका आचरणले ठाँउ छोडयो
पांशचात्य संस्कारमा नाता जोड्यो ।
नुडुल्सले वजार भाउ पायो
जिवन अश्वस्त अशुरक्षित जमाना आयो ।

हजुर जब शासन सत्ता र भत्ताको लागी गरीन्छ । तब त्यो समाज सेवावाट विचलित सेवाको पराकास्टा नाघ्दछ । समाजमा विकृती विसंगती कुचेस्टाले प्रसर्य पाउदछ । र अराजक गति विधिको सिमा नाघ्दछ ।तब प्रताडीत जनताहरु जाग्दछन । आफ्नो सुसासन शिक्षा रोजगार गांस बांस,कपासको शुनिश्चितताको मांग राख्दछन । परिवर्तन चाहान्छन । केही स्वार्थ परक सन्जाल जनताको आवाज बुलन्दका सवालको लडाई नामाकरण गरी लुट पाट जनधनको क्षेती हुन्छ ।
जनताका बैंक लुटिन्छन घर लुटिन्छन सुन चाँदी लुटीन्छन ,मान्छे मर्छन जनधनको पुर्ण क्षेती हुन्छ । दिदी बैनीहरु बलत्कृत हुन्छिन । लौ अब यसले भएन शान्ति शुव्यबस्था कायम गरौँ सामाजिक मर्यादामा रहौ ध्वन्सात्मक गती विधि त्यागौँ समाज निमार्णमा लागौ संरचना नभत्काउ नेपाल र ,नेपालीले रोजे खोजे जस्तो सम्विधान निर्माण गरौँ हामी आफ्ना लागी होइनौ जनताको लागी लडछौँ लडीरहन्छौँ भन्ने वडोमानका भाषण ले देशविदेशमा ठुलो बजार पाउदछ । र सरगर्मी बढछ नेपाली जनता बडो गौरवका साथ क्रान्तीमा साथ दीन्छन।
आफ्नो जिउ धनको बलिदानी र त्यागले ब्यवस्था नै फेरीदिन्छन । कागजका खास्टामा घीउ,मह, प्रकृती दीएका सन्जिवनी बुटी प्रकृतीको सौन्दर्यता दिर्घकालीन अल्पकालीन जनमुखी विकाशले प्रशर्य पाउनेगरी मोती ,माणीक्य हिरा मिसाएका शब्द सन्जालले निर्माण युक्त लेखित दस्ताबेज सम्वीधान यानी राज्यको मुल कानुन बन्दछ ।

परिवर्तन छिटो छिटो गर्ने गरीव नेपालीको साथ पाउ छन्। एकवथान स्वार्थी लुटाहा फटाहा हरुले सेवाका लागी होइन लुटनका लागी विचार विमर्शले विकाश र निकाशका लागी होइन नाता बाद, कृपाबाद, फरियाबादको लागी जनताले जिवन वलिदान गरेको मुल्याङ्कन छैन ।
देशको ढुकुटी रित्ते रित्तिवस खल विचारधारीहरु क्रान्ती गर्दा पैसै लुटछन । शान्तीका नाममा पैसाँ लुटछन विकाशका नाउमा पैसा लुटछन महांमारीका नाममा पैसा लुटछन , यदी यो लुटको खेती नफलेको भए हिजो चप्पल लगाई हलो जोत्ने को विकाश दीन दोगुना रात चौगुना कसरी भएको छ ।
यो नेपाली जनता एक एक हिसाब किताब गर्न चाहान्छन । खोज गरी रहन्छन । तर यी ल्याप्चे छाँप थाँनेहरुको एक झण्ड बडो सफल र सवल छ केमा भने पढेलेखेका विद्धानहरुलाई बिदेश धपाउने खेलमा अशिक्षा र बेरोजगारी फैलाउने खेलमा र जाल जेलमा मस्त छन । यो निरीह नेपाली जनताले बुझ्नै कठीन बनाई दीन्छन । नेपाली जनताले आफ्ना सन्ततीको लागी ज्यान दीएर देशको विकाश हेतु क्रान्ती गरी जिवन बलीदान गरे १०४ वर्षे राणा साशनको अन्त्य गरे ३० वर्षे पंन्चायत को अन्त्य गरे १२ वर्षे प्रजातान्त्रीक सम्विधानको अन्त्य गरे । गणतन्त्र ल्याउन १७५०० मान्छेले जिवनको वलीदानी दीई विश्वमा उत्कृस्ट गणतान्त्रीक पद्धतीको थालनी गरे ।
त्यसैमा टाठा बाटांहरुले जनताको माग नभएको संघियता लादे केका लागी । जनताले हामी जस्तो दुख गरी खाने जिवनको अन्त्य होस पिढयुमा डोको शिरमा नाम्लो , मेलापातको जिवनमा आधुनिकी करण छावस भावी सन्तती ले दुख नपावस भन्ने इरादा राखी आफै मरी आफ्नै धन लुटाई परिवर्तन गरे ।

जनता मालीक भन्ने सम्वीधान त पार गरे । तर जनता मालीक त परै जावस निरंकुशता हुदारहेछ । त जहाँनिया शासन र गणतन्त्रमा भन्ने कुटनीतीको सिकार जनता भई रहदा अढाई वर्षमै गाणतन्त्र गन्हआए को सिनो परिणत हुदैछ ।किनत भन्दा उनै जनता हुन राजा ज्ञानेन्द्रलाई हटाउने यिनै जनता अब राजा आउ देश बचाउ भन्दै दीनानु दीन नारा जुलुस लगाई राँखेका छन । यो हुनुमा राज्यका निती निमार्ता सेवक हैन शासक हुदै गईराखेको ले होला किनत भन्दा जनताको सेवामा लाग्ने राज नेता तलब भत्तामा काम गरेको पहिलो देश नेपाल भएको हुदाँ राज्यमा कोरना कहरले गर्दा थीलोथीलो भइरहदा जनता होम क्वारेन्टाइनमा वसि आफ्नो सुरक्षा आफै गर भन्ने निती निर्माता हामीले सवल र सफल हामीले पाईरहदा राज्यको सम्पुर्ण लगानी कोरना मा लाग्दा पनि आसेपासे र बतासेले सेवा पाईरहदा ज्याला मजदुरी गरी खाने व्यक्ती घर धनीले घरबाट हटाई रहदा गरीव सम्म राहतको ब्यवस्था कहीलै नपु्गी रहदा , कोरना कहर मा सामाग्री खरीदमा भ्रस्टाचार भयो ।
नगर भनी जनता चिच्याई रहदाको अवस्थाले होला ज्ञानेन्द्र जस्तो निरङ्कुस शासक लाई राजा आउ देश वचाउ भनी नारा घन्काएको र आन्दोलन गरेको आर्को विषय हामी समाचारमा सुन्छौँ । यो साल पुलको उद्घाटन भयो यसै साल भत्केर गयो किनत भन्दा नातेदार ठेकेदारले पैंसा बाटने खेलोमा कमजोर बनाएका संरचना सावित हुदाँ सुख शान्ति र अमन चयनको लागी जनताले राणाढाले पन्चायत फाले १२ वर्षे प्रजातन्त्रको कलीलो मुना उखले । ज्यानेको आहुती दिई गणतन्त्र ल्याए योत भुमाफीया तस्कर दलाल गुण्डा चोर छिनार फटाहा जालीहरु लाई पाल्न सम्मन मात्र हो भन्ने बुझ्दै छन ।
जनता किनत भन्दा पंन्चायत कालमा एक मात्र राजा हुन्थ्यो अहिले डेढ करोड घोषीत अघोषित राजा जन्मेका छन । यि मंहंगा राजाहरुको राज महल निर्माण चिल्ला चाप्ला गाडी करोडौँका कारपेट डगारदा सम्म थरि थरिका ब्यन्जन तयारमा जनताको ढाड सेकीने गरी उठाएको करमा मोज मस्ती जनताको बांढी पहिरोले उठयो बस्ति कोरना कहरममा विदेशबाट स्वोदेशमा धमाधम जनता आए रोजगारको आश्वाशन पाए ।
तर चिल्ली विल्ली भयो अब पेट पाल्न गरीव जनता कोरना महामारी लाई वास्ता नगरी लाखौन लाखको संख्यामा भारत फर्कीदै छन । कतार दुवै मलेशिया खाडी मुलुकको ५५ं डिग्री तातो घामको लु विर्षी फर्कीदै छन । खोला बगेर भारत तर्फ हुईकेका छन । भारतको विजुली आयात कुलमानले लोड सेडीङ्ग हटाई दीनु भएको थियो ।त्यो पनि कुलमान घिसिङ्ग संगै गया । अब बत्तीको अवस्था एक मिनेटमा सय चोटी झ्याप्प झ्याप्प ,देशको समपत्ती विचौलियाले च्याप्प च्याप्प सुखकारी ठांलु दलाल विचौलिया , माफीया, भुमाफीया, को झुण्डले चलायमान देशमा जनताको सेवा घुटयाकाँ भाउमा जनताले जती व्यवस्था फेर बदल गरे पनि जनता अलि टांठो बांठो हुदाँ अर्को स्वास्र्थको जालविछ्याउने विचौलीया संग निरीह जनता को भांगो लाग्दैन ।जती कलम खियाँई घोक्रो फुलाई समाचार समप्रेक्षण गर्दछौ पत्रकार जती समयको बर्बाद वुद्धी खियाई औला घोटी लाग्दछौँ लेखक कलाकार गलाकार नागरिक समाज , मानव अधिकार बादी , भाडाका टट्टु कर्मचारीहरु अन्याय उदार्न र न्यायको पद्धती लागुहुन कोरा कांगजमा ल्याएका २ थान सम्विधान ले केही हुने वाला छैन । यहाँत गरीव जनतालाई भोक मार्न छाक टार्न गांस चाहीएको छ । हावा पानी घांम छेक्न बांस चाहीएको छ , ठगी बाट जाल झेलबाट उन्मुक्ती का लागी शिक्षा रोजगार चाहीएको छ । आफेनो सुनदर भुमिमा जिउन रोजगार चाहिएको छ ।

उनै अठार चोटी फेल भएका आसे पासे गासेको सन्जाल चाहीएको छैन । जनता पनि कस्ता होलान निरङ्कुस भनी राजा हटाउने फेरी  राजा आउ देश बचाउ भन्ने थुकेको थुक निल्नु हुदैन । मर्दले जवान विर्सनु हुन्न। निरङ्कुस सबैलाई कांखा पाखा लगाई विद्धान युवा जनशक्तीले देश हाक्ने तेस्रो शक्ती जन्मीनु आवश्यक छ । नेपालमा अती भयो ५ पढेका नेता र पढेलेखेका कर्मचारी विचको द्धन्दले गर्दा पनि देश विकाश हुर्दैन अव राजनिती गर्न पनि योग्यता चाहीने लोकसेवा बाट पास भएर मात्र जनतामा जान पाइने पैमाना लागु भए मात्र युवा वेरोजगारीको अन्त्य र अशिक्षाको अन्त्य होला ।
नत्र जती व्यवस्था फेरे पनि कांगलाई बेल पाक्यो हर्षन विस्मात भने झैँ हो । भाषणले विकाशमा फडको मार्ला । रासनको अधोगती हाला गरिव रात दीनै रोईरहलान दलाल माफीँया , भुमाफीया ,चोर गुण्डा विचौलिया को राजले कंसले देवकी पुज्ञत्रहरु आफ्नै बैनिको छोरा छोरी भान्जा भान्जी , मारेका अवस्था विद्यमान रहला ।अरु व्यवस्थात बाह« वर्ष सम्म टीके तर यिनका निरंकुश शैलीले गणतन्त्र तीन वर्ष नपुग्दै गन्ध आउदैछ। यो केले गर्दा भन्ने नेपाली जनताले २७० वर्ष सम्म ल्याएको परिवर्तन बाट केही पाउन सकेनन् ।


गणतन्त्रमा हत्या, हिंन्सा, बलत्कार, अशिक्षा, बेरोजगार, मंहंगीकर, भ्रस्ट्राचार पाएका हुनाले राजा आउ देश बचाउ नारा लगाउदै छन । यो पनि तेती उचित छैन किनत भन्दा निरंकुष हटाईएको हो । विकेन्द्रीकरण मागेको हो । तर उल्टा बाट पृथ्वी घुम्यो हात लाग्यो सुन्ना । अब राजा आउ देश बचाउ हैन विद्धान आउ योजना ल्याउ रोजगारी देउ , देश सजाउ , नाराका साथ ल्याप्चे छापहरुको अन्त्य गरी युवा विद्धान र विवेक शिल जनशक्तीको कदर गरी तेस्रोघार को जनशक्ती उत्पादन गरी देशमा विकाश उन्नती र समवृद्धीको दिशा रोज्न नितान्त खड्कियो ।

अब दलाल पुजिपती कामुक दुराचारीको झुण्डले देश अगाडी बढाउन नसक्ने तपाई हामीहरु माझँ छर्लङ्ग सत्य सावति भैसक्यो यि हल्दी वेशार मसला हाली डिब्वामा कुहायेका अचारले लिभर मात्र खराव हुन्छ । बोलेपछि सराप हुन्छ।नबोलौत गरिव रुन्छ जस्तै कहाँनी हो । उर्जा दीने भोजन र शिक्षा रोजगार दीने विचार को खाँचो महशुस गरेका छन । जनताले जनता पनि नविकौ अशल शिक्षा शिकौँ मिशन र भिजनले मात्र नारा जुलुस गरौ अन्यथा यि अत्यचारी देश लुटुवा हरुले हाम्रो कमजोरीको फाइदा लुटी हामीलाई नै प्रयोग गरी डिब्वामा राँखी कुहाएका अचार बनाउने छन । यस बाट हामी जोगीई तेस्रो शक्ती वुद्धीजिवी पैचान गरी जनताले दीएको करमा तलब नखाई पारदर्शी ढंगले समाज सेवागर्न तलबेनेताहरुको अन्त्य गरी विकाश निर्माणको रकममा १५५प्रतिशत घोषित सम्वन्धित निकायमा दीने कानुन बनाई भ्रष्ट्राचार गरे हात काट्ने कानुन निमार्ण गरी जनसेवामा लाग्नु श्रीमद भागमत गिता तुल्य होला अन्यर्था जति लडछौ आर्को आर्को जाल छाउला ।दुख पाउला, कृष्ण जप कृष्ण जप राधा माता जप सत्यलाई लेउ साथमा, आत्मा विचार खप, आत्मा र परआत्माको मिलन नै इश्वरत्व प्राप्त गर्ने मनुष्य चोलाको सार्थकता हो । जन हिताय जग धिताय परम परमार्थ सचितानन्द शिवाय ।
लेखक
रण बहादुर ऐरी
कार्यालय
प्रमुख
खा.ब्या.तथा ब्या.क.ली
शाखा दैलेख