| २८ आश्विन २०७७, बुधबार १७:२५
एजेन्सी:बाघले रुखलाई अँगालो हालेको यो तस्वीर कसरी क्यामरामा कैद भयो ? यो कुनै व्यक्तिले प्रत्यक्ष खिचेका भने होइन । गुप्त तरिकाले राखिएको क्यामराबाट कैद भएको तस्वीर हो ।



सेरगेई गोरस्कोभले साइबेरियाको जङ्गलमा गुप्त क्यामराबाट यो दृश्य कैद गरेका हुन् । यो वर्षको वन्यजन्तु फोटोग्राफ अवार्ड बाघले रुखलाई अँगालिरहेको तस्वीरले प्राप्त गरेको छ ।
पोथी बाघले रुखलाई अँगालेर बोक्रामा शरीर दलिरहेको छ। बाघ जङ्गलको भाग जस्तै देखिन्छ । उसको पुच्छर जरा जसरी बाँङ्गिएको छ ।
साइबेरियाको जङ्गलमा पाइने यो बाघ अति र्दुलभ हो । पूर्वी रुसमा बाघको शिकार बढेकाले लोपोन्मुखमा पर्छ।