☰ open Loading... 9 October 2024|  

४० औंअन्तराष्ट्रिय खाद्य दिवसको अवसरमा खाद्यन्न वितरण
  | ३० आश्विन २०७७, शुक्रबार २१:००

 

दैलेख । कृषि विकास कार्यालय दैलेखले खाद्यन्न वितरण गरेको छ।४०औंअर्न्तराष्ट्रिय विश्व खाद्य दिवस अवसरमा खाद्यन्न वितरण गरी मनाइएको हो ।जिल्लाको पवित्र धार्मिकस्थल नाभिस्थानमा सञ्चालित पञ्चकोशी वेद विद्याश्रमलाई खाद्य असुरक्षित भएको संकेत गर्दै थप सहयोग प्रदान होस् भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको कृषि विकास दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

अति गरिब विपन्न परिवारलाई १० बोरा चामल, २० किलो दाल, दुई पेटी तेल, पाँच प्याकेट नुन, फलफूल र त्यहाँ अध्ययन्रत २५ जना वटुक (विद्यार्थी)का लागि पहिरन (कपडा) वितरण गरिएको हाे ।जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी लगायतका व्यक्तिहरुको आथित्यतामा खाद्यन्न सामग्री वितरण कार्यक्रम गरिएको हो ।

यस्तै दिवसका अवसरमा दुल्लु नगरपालिकाले वडा नम्बर ९ स्थित प्यादुरा गाउँमा दिवसको असरमा१५ क्विन्टल आलुको वीउ वितरण गरेको छ । खाद्यको मुख्य बाली हो ,तरकारी र रोजगारी दुबै हुने हुदा उत्पादन बढाउन वीउ वितरण गरिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

सामाजिक सेवा केन्द्र (सोसेक) उत्थान परियोजना र कालतबस्ती दलित कृषि तथा पशुपालन सहकारीको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको नगरपालिकाका कृषि शाखाका राजन कुमार बिष्टले बताए।