☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

सुर्खेतमा थप एक जना काेराना संक्रमित मृत्यु

  |

सुर्खेत – काेराेना संक्रमणका कारण सुर्खेतमा एक युवाको मृत्यु भएको छ । टाइफाइडको उपचार गराइरहेका सुर्खेत वीरेन्द्रनगर–९, का ४२ वर्षीय पुरुषको आज कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु भएका पुरुषको शुक्रबार नै कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १, २०७७     6:08:13 PM
error: Content is protected !!