☰ open Loading... 12 October 2024|  

एजेण्डाविना झुक्याएर हस्ताक्षण गराएको आरोप 
  | २ कार्तिक २०७७, आईतवार १०:०१

दैलेख नेपाली काँग्रेस जिल्ला कार्य समितिमा आफुहरुलाई ंदशैंको शुभकामना आदानप्रदान कार्यक्रममा झुक्याएर हस्ताक्षण गराएर निर्णय अर्को गरेको आरोप पार्टीका जिल्ला सदस्यहरुले लगाएका छन् । पार्टी सभापती र सचिवले गणपुरक संख्या पुराउने उद्देश्यले उपस्थिति बजारमा घुमाई बहुमत संख्या सिद्ध गर्ने नियत राखी पार्टीको विधान विपरित का निर्णय गरेको आरोप कार्यसमिति सदस्य विन्दुदेवी शाही र झलक भण्डारीले एक विज्ञप्ती जारी गर्दै लगाएका हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा एजेण्डा विना उपस्थितिमा दस्तखत गराएर उपसभापति मनोनित गरिएको आरोप समेत लगाईएको छ ।

सवैलाई बैंठकमा बोलाएर एजेण्डा समित सभापतीले उपसभापती मनोनित गर्दा पार्टीको विधि विधानअनुसार हुने थियो । दैलेख काँग्रेसका सहसचिव रत्नबहादुर शाहीले भने, बजार बजारमा माईन्यूट घुमाएर चोर बाटोबाट उपसभापति मनोनित गर्नु दुखद कुरा भयो । उनले पार्टी सभापती र सचिवले गरेको कार्य ब्यक्ति भन्दा पनि प्रवृत्ती गलत भएको बताए ।

पार्टीको विधान अनुसार नै उपसभापति मनोनित गरेको सभापती निकटका नेताहरुको दावी छ ।