☰ open Loading... 20 April 2024|  

भैरहवा सुनचाँदीले नयाँ भवनबाट सेवा सुरु
  | ६ कार्तिक २०७७, बिहीबार ११:२०

दैलेख सदरमुकाममा लामो समयदेखी सेवा दिदैं आईरहेको भैरहवा सुनचाँदी पसल नयाँ सुविधासम्पन्न भवनबाट आफ्नो ब्यवसाय सुरु गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नयाँ भवनमा रिर्वन काटेर उद्घाटन गरेका हुन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई भैरहवा सुनचाँदी पसलका प्राेप्राइटर कुलबहादुर विकले मायाको चिनो दिँदै ।

दैलेखसंगै जाजरकोट, कालिकोट र अछाम लगायतका जिल्लाहरुका ग्राहकहरुलाई भैरहवा सुनचाँदी पसलले सेवा दिर्दै आएको छ ।

सामाजिक सेवामा आफुलाई समर्पित गरेका भैरहवा सुनचाँदीका प्रोपराईटर कुलबहादुर विक दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष पनि हुन् ।

उनले लामो समयदेखी आफुलाई समाज सेवामा स्थापित गरिसकेका छन् । कोरोनाका कारण धेरै शुभचिन्तकहरुलाई बोलाउन नसकिएकोमा दुखित भएको प्रोपराईटर कुलबहादुर विकले बताए ।

सम्पूर्ण डिजाईनका गहनाहरु उत्पादन तथा वितरण गर्ने कर्णालीकै उत्कृष्ट पसल भएकाले सवैले लामो समयदेखी रुचाएका ग्राहकहरु बताउँछन् ।

भैरहवा सुनचाँदी पसल पुरानो भएकाले विश्वास सबैको लिएकाले राम्रो प्रगति भएको दैलेखका प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुख, अन्य कार्यालयका प्रमुख तथा जनप्रतिनिधिहरुको नयाँ भवन प्रवेश कार्यक्रम सहभागी रहेका थिए ।