☰ open Loading... 9 October 2024|  

ढोगी राजनिति र मिथ्या भाषणले नेपाली जनता कंगाल
  | १० कार्तिक २०७७, सोमबार १०:०५

 


कस्तो न्याय पाए मैले
राजनितीमा ढोगी हरे ।
दिन भरी घोक्रो फुलाएको
घरमा फर्कदा खाना छैनभरे ।
जन्म लिएछन काल नेमिको
भज्नै पर्ने भयो हनुमान जो ।
अवश्य कंगाली पन अन्त होला
अनन्यायी कालनेमी अवश्य रोला ।।


हजुर मैले राेजेकाे नेपाल ले खोजेको हिमाल ,मैले सोचेको पानी, मैले खोजेको शिक्षा ,रोजगार,औषधिमुलो कल्पनामा मात्रै सिमित रहन पुगेको दुरा अवस्थाले मलाई उपन्यास खादा जनता अघाउदैन । मिथ्या भाषणले जनताको कंगाली पन अवश्य हट्दैन । ढोगी राजनीतीमा असल विचार धारा अटदै अट्दैन ब्यक्ती बांदी बुर्जुवा शिक्षाको रटानले जनताले कती रटने रटदा रटदा थकान भैसकेजनता विवश छन । इण्डीयाको आँम बांगमा आँप टिपेर गुजारा गर्न बाध्य भएका छन ।
भारतको शिम्लामा स्याउ टिप्न बाध्य छन । होटलमा भाँडा माझ्दा माझ्दा श्रमको धज्जी उडाउने कालनेमी भारतका होटल व्यवसायीले श्रम गरेको पैशा नदीई नाङ्गो हात घर फर्कीनु परेका लाखौं लाख केष छन । हात परी केही छ भने पनि दशै तीहार चाडपर्वमा फर्कीइदा इण्डीयाका गुलाम चोरहरुले लुटेर वेहोश पारेर घर फर्काइदीने जनताका दीन दशा छन । 

उता घर खेत गरी मलेशिया, कतार, दुवै, कुवेत र वैदेशिक रोजगारीमा गएकाहरु ५५ डिग्री तातो घाँममा श्रम गरी केही जोहो गरी लाला बालाको पालन पोषण गरौला , शिक्षा दीक्षा दीउलाअपराधि पैशा विना बाँच्न नसक्ने दुनीयाँमा म पनि अशल नागरिकको भुमिकामा आँउला भन्दै जिवनको बाँजी थापी विदेशिन वाध्य भएका युवा युवतीहरुको वाकशमा लास आउने गर्दछन । यी समस्याहरु शिक्षाका, रोजगारका, औषधि मुलोका, कृर्षीका, खानेपानीका, विद्युतका सामाजीक उन्नती र विकाश उन्नती र समवृद्धीका ज्युका त्यू थला परेका छन । औषधिको नाँउमा सिटामल नपाई जनता वेडमा छटपटीइ राखेका वेला शिक्षाको नाउमा स्वाथ्य मुलोको नाउमा जनताको उठेको करमा रजाई गर्ने ढोगी राजनिती र मिथ्या भाषणका पारखीहरु भने २००७ साल देखी २०७७ साल सम्म थाकेका छैनन थाक्दैनन जनताको उठेको करको रकमले आफुआफ्नो स्वास्नी र आसेपासेको उपचार अवौँ अर्व को हिसाबमा खर्च गरी देश टाट पल्टाई राखेका छन ।

यस्ता धुन्धुकारीहरुलाई जनताले अघात माया गरी अमुल्य मतदान गरी जागीरे त बनाईनै दीए तर जागीरेका ढाकीरे डेढ करोड नेपाली दलाल र बाहिइय दलाल लाई गरिव नेपाली जनता कंगाल भई पाल्नु पर्ने बांध्यताको अन्त्यका लागी नेपाली जनता अझै क्रान्तीमा हुमिनु पर्ने बाध्यता को अन्त्यका लागी नेपाली जनता अझै क्रन्तीमा हुमीनु पर्ने बाँध्यता आई लाग्ने भने अवश्य मेव देखिदैछ ।
कृर्षी शिक्षा र औद्योगिक क्रान्ती त जनताले गर्नै बाँकी थियो तर यि कालनेमि हरु कोरोनाको कहरमा समेत औषधि जन्य सामाग्री र औषधिको नाउमा समेत रकम कुमल्याउन छाडेका छैनन । बाटो विराएका संस्कार र सँस्कृती भुलेकाहरु यो वा त्यो नाँउमा पार्टीमै किचलो ल्याई जनताको आँखामा छारो हाली भ्रस्ट्राचार गरी भस्मा सुरको नाउले ख्याती कमाई रहेका छन । शान्ती शुसासनका नाउमा , शिक्षा रोजगारको नाउमा, उद्योग रोजगारकिा नाउमा, कृषी र खानीका नाउमा, विकाश र समवृद्धीका नाउमा, मिथ्या भाषणले जनताको आखाँमा छारो हाली नथाक्ने हरु सर्प पालनको बाहानामा करौडौ जनताको करको रकम खर्चीने आफ्नो औषधि मुलोको नाउमा अर्वौ खर्चीने स्वदेश देखी विदेशका बैंङ्कहरुमा रकम राखी जनताको विकाशको नाउमा मिथ्या भाषण गर्ने देशको अस्मिता माटोमा मिलाई कुटनितीक मर्यादाको उलंघन गरी , राष्ट्रीय अस्मिताको धज्जी उडाउने जनताको ठांलु हुन खोज्ने दलालहरुलाई चुनावका बेला जनताले गधा सावित गर्न पछि पर्नु हुदैन ।

राणा शासन कालमा जंग बहादुर राणाले विश्वकै मंहंगो वेश्यालयमा व्रिटेनमा ७२ हजार डलर तीरी वेश्या उपभोग गरेका केशहरु इतिहाँसमा जिवन्त नै रहेका बेला हाम्रो नेपालका छोरी वेटी दिदि वैनीहरु दिन दहाडै वलतकृत हुनु, दिन दहाडै सुन तस्करी हुनु, दिन दहाडै खर्वौ खर्वका भ्रस्ट्राचार हुनु दिन दहाडै हत्या हिन्सा हुनु माँफीया भुमाफीया दलाल तस्करले राज्य चलाउनु र गरिव र पहुँच नभएकाहरु अन्यायको भवरी मा परि रहनु वाहेक अरु केनै बाँकी छर ।१३ वर्षे बालीका निर्मला पन्त देखी ७० वर्षे आमाहरु बलतकृत हुँदा सम्म राज्य मौन रहनु भनेको जंग बहादुर राणाले वहत्तर हजारको वेश्या व्रिटेनमा उपभोग गरे तर हालका जंग बहादुरहरु दिन दहाडै रंगीन बनेका केषहरु छताछुल्ल हुँदा पनि यी ढोगीहरु कुन दर्जाको राजनीतीज्ञ हुन अब जनता चनाखो हुनु पर्दछ ।

यीनका चोरी चकारी र पेशाको अहम घमण्ड तोड्नै पर्दछ। यिनमा १ एक जना पछि इमान्दार बफादार नैतिक वान चरित्र वान छैनन यि ढोगीहरुका भाषणमा अब अशल नेपाली लाग्नै हुदैन किनत भन्दा जन्ता र जन्ताका छोरा छोरी हरुलाई गरीवको खाडलमा टाउको मात्र देखिने गरी खाडलमा बसेको हेर्न चाहाने मधुकैटव दैत्यहरुको ढोगी राजनिती र मिथ्या भाषणका पोका छर्ने महिशा सुरहरुलाई जनताले अन्तेस्टी गर्न भने विर्सनु हुदैन । अबको क्रान्ती भनेकै उधोग धन्दा रोजगार समानुपातीक बशोवास गाँस, बाँस, कपास वोरोजगार कृर्षी विकाश र समबृद्धीका सवालमा विकाश खानी उत्खनन जैविक विविधताले भरीपुर्ण राष्ट्रमा पर्यटन विकाश धार्मीक पर्यटक स्थलको विकाश र धनी जनता धनी देश समाज सेवी मिशन भीजन बोकेका समाज सेविको पहिचानको लागी क्रान्ती गरी समाज निर्माणको खाेजी गर्नु जरुरी भैसकेको छ । 

नेपालमा यिनै ढोगी राजनितिज्ञ र मिथ्या भाषणले हौशिएका जनताले राणाकाल देखी हाल सम्म क्रान्ती गर्दा ज्यु ज्यानको वाजी राखी परिवर्तन गरे । जो दुई थान ढोगी र मिथ्या सम्विधानका लेखित दस्तावेज हरु काल कोठरीमा राँखी मिथ्या भाषणका पोका जनसमुदायमा घोक्रो फुलाउदा सम्म गरी जनता को मन बुझाउन सफल ढोगीहरुको अन्तेस्टीको लागी जनता तयार भई अबका भावी सन्तती हरुलाई यीनका पन्जा बाट उन्मुक्ती दिलाउन  यिनका मिथ्या भाषण यिनका आउरे वाहुरे झोले झिम्टेहरु नाता बाद कृपा वाद नाता गोता इस्ट कुटुम्ब पछौटेहरुमा यिनका संस्कार आचार विचार र यिनका ताण्डव नृत्यहरु जनताले विर्सजन गर्न अती आश्यक छ किनत भन्दा राण निरंकुष भए राणाको अनतेस्टी जनताले गरे पन्चायत निरंकुष भयो जनता ले पन्चायत ढाले प्रजातन्त्र ल्याए प्रजातन्त्रमा बेथीती भयो प्रजातन्त्रको जडो उखेले अब गणतन्त्र आयो अफांव शिद्ध भई सक्यो यसमात राणा भन्दा चौगुना दलाल हरु देखा परे अब भनेको गणतन्त्रमा समयानुकुल संविधान संशोधन गरी जहानीया शासन भन्दा पनि बढी निरंकुषहरु को जडो उखेली १५ वर्षमा नै देशको काँया पलट गरी जनता समपन्न हुने र नेता समाजशेवीकाे भुमिकामा काम गर्न सक्ने अती प्रजातन्त्र बादी युवा युवतीहरु बाट राष्ट्रको नृतीत्व गर्न सक्ने बुद्धीजिवी हरुलाई मात्र नेपाली जनताले राजनेता खोज्न र रोज्न अत्याआवश्यकीय भई सकेको बेला आई सकेको छ । पार्टी भन्दा ब्यक्ती ठुलो होइन व्यक्ती भन्दा पार्टी ठुलो हो पार्टी भन्दा ठुलो राष्ट्र हो राष्ट्र रहे जनता रहन्छ । समाज रहन्छ नेता रहन्छ। योत व्यक्तिका बावुको बिर्ता भने नेपाल अवश्य होईन ।

नेपाली जनताले२७० वर्ष सम्म के भोगे भोगेनन भारे टाकुरे शन सहे, जहानिया शासन सहे, निरंकुष पन्चायत सहे, बाईसे चौविशे राज्यको प्रताडना सहे, पुजिबाद दलाल वाद सहे अब सर्वाहारा खर्वौ पतिको शासन पनि वेहोर्न बाँध्य छन । जनता हुदाँ हुदै कोरना कहरमा जनताले आफै औषधि मुलो गर्नु पर्छ भन्ने शाशक पनि फेला पारे यदी जनताले आफै औषधि मुलो गर्नु पर्ने आफै आफ्नो सुरक्षा गर्नु पर्ने भए राज्य संस्थाको औचित्य के छ त त्यसो भए जनताबाट कर कुन नाकले उठाउनेत जनतालाई सबै किसिमका महंगा कर माफी गर्नु परो उठाउनै भएन निरलज्ज मान्छेको अशुर पाराले राज्य सत्तामा बश्नु को औचित्य के भनेर जनता प्रश्न गर्न चाहान्छन । यस्को उत्तर माग्न चाहान्छन छ कतै उत्तर छ भने जनताका अशन्तुस्टी हरुछता छुल्ल बाहीर किन आई राखेका छन , पार्टी समाल्न नसक्नेले कुर्षीमा बस्नुको औचित्य के २ जनताको शुशासनको प्रत्याभुती दिन नसक्नेले बजारमा भाषण गर्नुको औचित्य के । आफ्ना जनताको गाँस,बाँस,कपासको शिक्षा रोजगारको औषधि मुलोको व्यवस्था गर्न नसक्ने राज्यको औचित्य के । कौडीका भरमा वेचिने र राष्टका सिमा मिचिई जनताको चित कार नसुन्ने सत्ताधारीको आवश्यक्ता के आमा को छोरी वेटीको अस्मिता लुटीईदा मौन धाराण गर्ने श्रीआठहरुको ओचितय के अब जनता तपाईको पार्टी झोले झाम्टे गुण्डा तस्कर माफीया भुमाँफिया सुन तस्कर र तपाईका भाई छोरा स्वास्नी पाल्न र तपाईको चाँकडीमा लाग्न बाध्य हुने छैनन् । र तपाईहरुले बनाएका चोर छिर्ने बाटोका कानुन जनतालाई मात्र लागु हुन्छन । भने त्यो मधुकैटव शासक लाई जनता मान्न तयार हुने छैनन् । नेपाली जनतालाई गरीव वनाई कंगालीको फाईदा तपाईका झोले झाम्टे आशेपाशे र गासेहरुको अपराधिक गतिविधि श्रीकृष्ण भगवानको सुदर्शन चक्रको न्यायको फन्दामा परि अन्याय अवश्य मेव पराजित हुनेछ । यो देश हामी सबै नेपालीको मुटु हो तपाईका माता पिताले आर्जेको र तपाईको स्वास्नीले दाइजो मा ल्याएको पेवा र खल्तीको लाडु किमार्थ होइन ।यति बुझ्नुहाेस खाना लाउन नपाएका भिखारीहरुको पालन पोषणको लागी जनताले कर बुझाए का होइनन् । जनताले कर त शिक्षा स्वरोजगार औषधि मुलोको ग्यारेण्टी शुसासनको प्रत्याभुती देश जनता र राष्ट को विकाशका लागी सबै थोकमा आफु कंगाल हुँदा सम्म र पेटमा वच्चा नजन्मीदै प्रती व्यक्ती पचाँस हजार ऋण तिर्न बाध्य छन ।यो गलत राजनिति र नागेँझार पार्टीका माफीयाहरुले देश समाप्त गर्दै आई राखेको जनता नजिक बाट नियाली राखेका छन । यो देश कसैको ठेकेदारीको लागी जन्मेको होईन ।यो त स्वतन्त्र राष्ट हो कसैको गुलाम होईन यदी गुलाम हौ भने तिमी भतुवा हरु गुलाम हौ ।आफ्नो निहीत स्वार्थका लागी क्रान्ती गर्दा भारतमा लुकी छिपी गर्ने र विकाश भारतको गर्ने विकाशका खोक्रा नारा नेपाली जनता माझ राख्ने प्रवृती र नितीले देश भिख माँगा बनाउने ब्वासा नेपाली जनताले ठेगान लगाउने छन र राम राज्य खडा गर्न कृष्ण भगवानको शुदर्सन चक्र र राम भगावानको मर्यादा समेतका तिखा बाण गुहार्ने छन पांखण्डी को अन्त्य र सच्चाईको थालनी नेपाली जनता गराउने छन र भक्ती गर्नेछन ॐ नमो् भगवते बाशुदेवाय ॐ दशरथे विद्धमहे शिता वल्लवाये धीमही तन् नो राम प्रचाेदयात


लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्या.तथा ब्या.क.ली
शाखा दैलेख