☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

राजस्थान पाँचौं स्थानमा उक्लियो
  |

 

काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलावेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा पुरा गर्दै ७ विकेटको जित हासिल गरेको हो । राजस्थानका लागि बेन स्ट्रोक्स र रोबिन उथप्पाले पावरप्लेको ५।३ ओभरमा ६० रनको उत्कृष्ट साझेदारी गरे । स्ट्रोक्सले ५० तथा उथप्पाले ३० रन बनाए ।

यस्तै, सञ्जु सामसनले ४८ तथा स्टेभन स्मिथ र जोस बट्लरले नटआउट ३१ तथा २२ रनको पारी खेले ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेल ९युनिभर्सल बोस० ले ९९ रनको सर्वाधिक पारी खेले । गेल शतक प्रहार गर्नबाट एक रनले चुके ।

पञ्जाबको सुरुवात भने खराब रह्यो । पहिलो ओभरमै ओपनर मन्दीप सिंह शून्य रनमा जोफ्रा आर्चरको बलमा बेन स्ट्रोक्सद्वारा क्याच आउट भए । लोकेश राहुलले क्रिस गेलसँग १ सय २० रनको शतकीय साझेदारी गर्दै टोलीको स्कोर १ सय २१ रनसम्म पुर्याए । राहुुले आउट हुनअघि ४१ बलमा दुई छक्का र ३ चौकासहित ४६ रन जोडे ।नेपाल बाेटबाट

प्रकाशित मितिः शनिबार, कार्तिक १५, २०७७     7:44:57 AM