☰ open Loading... 19 April 2024|  

नारायण नगरपालिका १ हप्तालाई बन्द
  | १५ कार्तिक २०७७, शनिबार १६:१७

दैलेखको नारायण नगरपालिका एक हप्तालाई बन्द गरिने भएको छ । कोरोना भाइरस जनप्रतिनिधि र कर्मचारीमा देखीन थालेपछि भोलीदेखी लागु हुने गरि १ हप्तालाई बन्द गरिने भएको हो ।

संक्रमित भएका जनप्रतिनिधि र कर्मचारीबाट समुदायसम्म र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुन सक्ने जोखिमको प्रभावलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुको सम्पूर्ण कामहरु बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशमबहादुर बुढाले बताए ।