☰ open Loading... 9 October 2024|  

बैंकिङ प्रणालीले दियो जेष्ठ नागरिकलाई सास्तीः भत्ता बुझ्न तिन दिन लाग्ने
  | २३ कार्तिक २०७७, आईतवार १४:२४

 

यामराज बिष्ट दैलेख –नारायण नगरपालिका वडा नं ५ की६८ वर्षिय चन्दकला थापामगर भत्ता बुुझ्न भनि एक बिहानै दैलेख सदरमुकाम आइन्।भाेकाे पेट,त्यसमा झनै पेटकाे राेगी,लाइनमा बस्नु पर्ने बाध्यताले झनै उनलाई पिरेलेकाे छ। लाइनमा बसेकाे ५घण्टा भयो। अझै पालाे आएकाे छैन चन्दकला बताउँछिन्।पहिला घरआँगन टाेलमै चौमासिक रुपमा भत्ता बुझ्दै आएकी उनी बैंकबाट भत्ता लिनु पर्ने भएपछि निकै दुख भाेग्न परेको उनी बताउँछिन् ।

बुढेसकालमा घण्टौ सम्म लाईनमा बस्नुपर्ने, हिडेर थाकेको ज्यान भत्ता नपाउँदै थंतिलो हुने देवलकाडा बाट सदरमुकाम आएकी ७२वर्षिय दिलसरा आलेमगरलेदुख ब्यक्त गरिन्। 

घण्टौ पैदल हिडेर सरमुकाम आउनु पर्ने बाध्यता ,३दिन सम्म लाइन लागेर पालाे नआउने विभिन्न प्रक्रियागत झन्झट सहनुपर्ने हो भने गाउँमै वडा कार्यालयबाट वितरण गरेको भए सहज हुने सेर बहादुर थापाले पश्चिम नेपाललाई बताए ।एनएमबी बैंक शाखा प्रवन्धक निर्मला श्रेष्ठले पालाे अनुसार समान तरिकाबाट भत्ता वितरण गरिएको बताईन्।

यस्तै नारायण नगरपालिका नगरप्रमुख रत्न बहादुर खड्काले सरकारी नीति अनुसार सामाजिक सुरक्षा भत्ता, बृद्ध भत्ता बैंकिङ प्रणालीबाट दिने व्यवस्था छ ।आर्थिक अनियमितता धेरै भएकोले अनियमितता नहुन दिनकाे लागि हामीले बैंङिक प्रणाली ल्याएको नगरप्रमुख खड्काले बताए ।