☰ open Loading... 5 October 2024|  

निर्माण नगरे, आयोजना छोड्न स्थानीयको चेतावनी
  | २४ कार्तिक २०७७, सोमबार १३:००

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम नभएको भन्दै दैलेख- अछामका स्थानीय प्रभावित जनताहरूले चासो राखेका छन् । उनीहरूले की आयोजना निर्माण हुनुपर्ने की जीएमआरले छोड्नु पर्ने भन्दै विरोध गरेका छन् ।

आयोजना स्थलमा भएको प्रभावित स्थानिय अगुवा भेलाले यस्तो निष्कर्ष निकालेको हो । पटक पटक निर्माण गर्ने भन्दै जीएमआरले झुक्काएको र मुआब्जा लगायतका समस्या समाधान नभएको उनीहरूले बताए । स्थानिय अगुवा चन्द्र बहादुर शाहीले अब कुनै हालतमा स्थानिय चुप लागेर नबस्ने बताए ।

स्थानिय अब एक जुट भएका छौ कुनै पनि बहानामा आफूहरुलाई झुक्याए परिणाम नराम्रो हुने उनको भनाइ छ । त्यहाँ जीएमआरले स्थानीयका हकमा  गर्ने ९५ प्रतिशत बढी काम हुन सकेको छैन । आर्थिक व्यवस्थापन नहुँदा जीएमआरले आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।