☰ open Loading... 19 April 2024|  

दैलेखको कार्कीडाडाँमा जिप दुर्घटना
  | २५ कार्तिक २०७७, मंगलवार १७:३२

यामराज बिष्ट दैलेख –दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ कार्कीडाँडाँ भन्ने स्थानमा भे१च १९१८ नम्वरको पिकअप जिप दुर्घटना भएको छ । ओरालोमा एक्कासी हेडलाईट बन्द हुदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ जना घाईते भएका छन् । चालक टोपेन्द्र दशौंदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाईतेहरुको आँखा, हात र डाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको दुल्लु अस्पतालमा उपचार भईरहेको छ ।