☰ open Loading... 19 January 2021|   मङ्लबार, माघ ६, २०७७

गायक प्रेम मल्लकाे तिम्रो दिलकाे दरबार बजारमा (भिडियो सहित)
  |

लाेकेन्द्र जिसि (कुमार)दैलेख- गायक सर्जक प्रेम मल्ल (आसा)ले नयाँ गीत तिम्रो दिलकाे दरबार बाेलकाे लाेकदाेहाेरी गीतकाे म्यूजिक भिडियो ‘बजारमा ल्याएका छन्। गीतको शब्द ,संगीत लाेकेन्द्र जिसि(कुमार)काे रहेको छ। उक्त गीतमा स्वर रहेको छ ,आफूलाई सबै प्रकारको गीत संगीत गाउन रूचाउने गायक यस गीतका प्रस्तुतकर्ता प्रेम मल्ल(आसा) र लाेकप्रिय गायिका टीका पुनकाे रहेको छ।

दैलेखको रमणीय ठाउँ बेलासपुर लगायत विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनय सुनिता ठकुरी ,प्रकाश कडेल,हीरा विक काे रहेको छ ।भिडियो निर्देशन राजन कुमार बैश्यकाे रहेको गीतमा भिडियो सम्पादन दिनेश वलीकाे रहेको छ ।


बिगत एक दशकदेखि जागिरे जीवन संगै गीत संगीतमा यात्रा गरेका गायक मल्ल आफूलाई सबै प्रकार गीत संगीत रुचाउने गायक भन्दछन्। गायक मल्लले पछिल्लो समयमा १दर्जन भन्दा बढि गीतमा लय शब्द सिर्जना गरिसकेका छन्। आफूलाई नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको गायक मल्लले पश्चिम नेपाललाई बताए।

( भिडियो हेर्नुस् )

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७     7:44:55 PM