☰ open Loading... 13 October 2024|  

रुकुममा गहुँको विउ अभाव
  | २७ कार्तिक २०७७, बिहीबार २०:१३

 

रुकुम पश्चिम -रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा गहुको बिउ अभाव रहेको छ । किसानले कार्तिक, मंसिर रोपी चैत बैशाखमा काट्ने गहुको बिउ अभाब देखिएको हो ।कृषि विकास कार्यालय र कृषि विकास शाखाबाट ५० प्रतिशत अनुदानमा वितरण हुने विउ यस बर्ष कोरोनाको कहर देखाउदै कार्यालयले केहि मात्रामा वितरण गरे तापनि किसानको माग अनुसार बिउ नपाएको बाफिकोट गाउपालिका वडा नम्बर ४ खोलिबडगाउका किसान रमिता केसीले बताईन । बिउ नपाउँदा किसाहरुले खेत बाझै जस्तो देखिन थालेको चौरजहारी ९ का किसानले गुनासो गरे ।


यस्तै हुको बिउ खरिदको लागि मात्रै बर्षेनी रकम बाहिरिने गरेको कृषि बिकाश कार्यालय रुकुम पशिमले जनाएको छ । यस बर्ष मात्रै २५ कुन्टल बिउ आएको कृषि बिकाश कार्यालय रुकुम पशिमका कार्यालय प्रमुख मिन बहादुर केसीले बताए ।