☰ open Loading... 12 October 2024|  

श्रीनगर ७ दिनसम्म सिल हुने
  | २९ कार्तिक २०७७, शनिबार १६:०९

सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सात दिनसम्मका लागि सिल गरिएको छ । बजारभित्र कोरोना भाइरस देखिएपछि शनिबार बसेको जिल्ला सुरक्षा समितिले श्रीनगर सिल गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार श्रीनगर सिल गरिएको बताइएको छ । श्रीनगरबाट कोरोना भाइरस परीक्षणका लागि ४६ जनाको स्वाब संकलन गरिएको थियो । तिमध्ये ३३ जनामा कोरोना भाइरस पुष्टि भएपछि श्रीनगर सिल गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । श्रीनगर २९ गते (शनिबार) देखि सात दिनका लागि सिल हुने छ । स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंकबाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्णरुपमा बन्द गरिएको छ । शारदा नगरपालिका कार्यपालिकाको सिफारिसअनुसार जिल्ला सुरक्षा समितिले सिल गर्ने निणर्य गरेको हो ।

शारदा नगरपालिका-१ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नं २ को जोगिदेउखोला, वडा नं ६ को बरालासम्मको क्षेत्र मंसिर ६ गतेसम्मको लागि सिल गरिएको प्रवक्ता ओलीले जनाए ।