☰ open Loading... 19 April 2024|  

चीनले कर्णाली नदी किनारका नेपालपट्टिका ढुङ्गा लगरे गर्यो आफ्नोतर्फ तटबन्धन निर्माण
  | ३० कार्तिक २०७७, आईतवार १९:३८

सिमकोट । चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टिका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको छ । जसका कारण उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ ।

नेपाली पक्षको कहिल्यै पनि उपस्थिति नहुने किट क्षेत्रमा चीनले मनोमानीरुपमा नदीको कटानबाट आफ्नो भूभागको सुरक्षा तटबन्धन निर्माण गरेर नदीको बहाव नेपालतर्फ फर्काएको नाम्खा गाउँपालिकाका अध्यक्ष पेमा लामाले बताए । त्यो पनि कर्णाली नदी किनारको नेपाल पट्टिको ढुङ्गा लगेर उक्त तटबन्धन निर्माण गरिएको छ । यसबाट चीनको भूभाग कटानबाट सुरक्षित भएको छ भने नेपाली भूभाग कटानको जोखिममा परेको छ ।

यसरी अर्काको जमिनको ढुङ्गा लगेर आफ्नो जमिनलाई सुरक्षित बनाउनु तर अर्काकोलाई जे सुकै होस् मतलव नहुनु हेपाहा प्रवृत्ति भएको कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए । उक्त क्षेत्रमा जान चीनतर्फबाट सडक सञ्जाल पुगेको छ भने नेपालतर्फबाट घोरेटो बाटो पनि राम्रो छैन । चीनले किटमा कहिले तटबन्धन निर्माण गरेको हो भन्ने पनि नेपाली पक्षलाई थाहा छैन ।

सीमा सुरक्षा पोष्ट हिल्साका प्रहरी आफू सीमा अनुगमन गर्न जाँदा नेपाली किनाराका ढुङ्गा उखेलेर लगि चिनियाँ क्षेत्रमा तटबन्धन गरेको देखिएको बताउँछन् । यसरी नदीको किनारामा तटबन्धन निर्माण गरेको क्षेत्र करिब पाँच सय मिटरभन्दा बढी छ । देशसञ्चारबाट साभार ।