☰ open Loading... 20 April 2024|  

रोकियो सुइँ,रोकिएन समय
  | ३ मंसिर २०७७, बुधबार २०:४१

वीरेन्द्रनगर, करिब ३२ वर्ष पहिले समय थाहा पाउन सबैका हातहातमा घडी हुँदैन्थ्यो । कतिपयले आकासको सूर्यलाई हेरेर समयको आकलन गथ्र्ये । उनीहरूले सूर्यलाई हेरेर आकलन गरेको समय मिल्दोजुल्दो हुन्थ्यो र सोहीअनुसार काम गथ्र्ये । एकअर्काेसँग भेटघाट गथ्र्ये । त्यसलाई सहज बनाउन २०४४ सालमा घण्टाघर निर्माण गरियो ।
घण्टाघरको घण्टी बजेपछि एकिन समय सबैलाई थाहा हुन्थ्यो । करिब साढे दुई किलोमिटरसम्म घण्टीको आवाज पुग्थ्यो । केही त यहाँसम्म आएरै भए पनि समय हेर्ने गरेको स्थानीय बताउँछन् ।तर अहिले यही घण्टाघरमा निर्माण गरिएको घडीको सुइँ रोकिएको छ । सुइँ रोकिए पनि समय दौडी रहेको छ । तर समयसँगै उक्त सुइँ घुम्न सकेको छैन । सुर्खेत पनि समयअनुसार नै दौडिँदै छ । अहिले सबैका घरघरमा समयका सूचक छन् । तत्कालीन क्षेत्रीय सदरमुकाम भएको सुर्खेत अहिले कर्णाली प्रदेशका राजधानी बनेको छ । प्रदेश राजधानी बनेसँगै यहाँ आवातजावत गर्नेको भीड छ । तर यसको महŒव त्यो भीडसम्म पुग्न सकेको छैन ।

 

 

महत्त्वलाई भुलेर समयसँगै मान्छे दौडी रहेका छन् तर यो घडी मृतजस्तै छ । यसलाई मर्मत गर्न न कुनै निकाय लागेको छ न त यसमा घडी हेर्न नै कोही आउँछ । सायद धेरैलाई यो घडी बिग्रिएको थाहा नै छैन होला । कारण, ‘यो घडीलाई वास्ता नगर्नु ।’ महŒव बोकेको घण्टीको महŒव संकटमा परेपछि बिग्रिएको लामो समयसम्म पनि यो घण्टीको सुइँ चल्न सकेको छैन ।
यहाँ घण्टी हेर्नका लागि मात्र नभएर यसको महŒव झल्काउन यसको मर्मतसम्भार गर्न आवश्यक रहेको स्थानीय शसिराम आचार्यले बताए । ‘अहिले यो घण्टाघर बेवास्तामा परेको छ,’ उनले भने, ‘समय थाहा पाउने माध्यम अधिकांशको पहुँचमा हुँदा पनि यो बेवास्तामा परेको हुन सक्छ ।’ समय थाहा पाउने माध्यमभन्दा पनि इतिहास भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । यो अहिले सुर्खेतको पर्यटकीय क्षेत्रका रूपमा हेरिन्छ । कर्णालीकै पहिलो पार्क भनेर घण्टाघर पार्कलाई बुभिन्छ ।
चीनको चाइना कम्पनीले भेरी नदीमा पुल निर्माण गर्दा बचेको पैसाले घण्टा घर निर्माण गरिएको यहाँका स्थानीय तथा अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताए । नागरिक समाजबाट घडी मर्मतका लागि पहल भने भएको देखिन्छ तर सरकारले यसलाई बास्वता नगरेको देखियो । ‘हामीले पहिला पनि क्षेत्रीय प्रशासकलाई संकेतस्वरूप बिग्रिएको घडी उपहार दिएका हौं,’ उनले भने, ‘तर सुनुवाइ भएन ।’ करिब २०६८ सालदेखि बिग्रिँदै आएको उक्त घडी करिब दुई वर्षदेखि पूर्णरूपमा बिग्रिएको छ । घण्टाघर पार्क सञ्चालनका लागि नगरपालिकाले घण्टाघर पार्क रिसोर्टसँग सम्झौता गरेको छ । २०६७ सालदेखि नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेको थियो । उक्त सम्झौतामा घडी बिग्रिए पार्क सञ्चालनको जिम्मा लिएको घण्टाघर पार्क रिसोर्टले मर्मत गर्ने र पूर्णरूपमा बिग्रिए नगरपालिकाले नयाँ खरिद गर्ने सम्झौता भएको छ । वीरेन्द्रनगर नगरपालिकाको प्रस्तावमा कर्णाली प्रदेश सरकारले १५ लाख रूपैयाँ घडी खरिदका लागि छुट्याएको थियो । तर उक्त रकम खर्च हुन नसकेको घण्टाघर रिसोर्ट पार्कका सञ्चालक चिन्तामणि शर्माले बताए । ‘घडी बिग्रिएको विषयमा मैले जानकारी गराएको छुँ,’ उनले भने, ‘नयाँ खरिद गर्ने मेरो जिम्मामा छैन ।’ २०४४ सालमा घण्टाघर मात्र भएको यहाँ २०५५ सालदेखि पार्कको रूप लिएको थियो । पछिल्लो समय यो वीरेन्द्रनगरको पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । यहाँ चारवटा घडी जडान गरिएको छ । उक्त घडी खरिद गर्न करिब २० लाख रूपैयाँसम्म लाग्ने घण्टाघर पार्क रिसोर्टका सञ्चालक शर्माले बताए । समयसँगै सुइँ दौडाउन वीरेन्द्रनगरको सानका रूपमा हेरिएको यो घण्टाघरमा जडित घडी खरिद गर्न आवश्यक रहेको उनको भनाइ छ ।