☰ open Loading... 12 October 2024|  

बोटेचौर बजारमै दुर्घटना
  | ४ मंसिर २०७७, बिहीबार २१:०७

अहिले साँझ सल्लिबजारबाट छिन्चुतिर आउँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रक बोटेचौर बजारमै पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएको हो ।

ठक्कर दिए लगत्तै ड्राइभर भागेका छन् । स्थानीयले ट्रक घेरेका छन् ।  स्थानीयका अनुसार घाईते २ जना बच्चालाई उपचारको लागि अस्पतालले नेपालगन्ज रिफर गरिदै छ ।

थप थप विवरण आउन बाँकी रहेको छ ।