☰ open Loading... 9 October 2024|  

पर्यटकियसम्भावना वाेकेकाे :- शक्तिकाडा VS गाेठिकाडा
  | ५ मंसिर २०७७, शुक्रबार ०७:२३

 

                  लवबिक्रम शाह युवा समाजसेवि

उपत्यकाकाे दक्षिण तर्फ पर्दछ शक्तिकाडा! वेसिवाट करिव आधाघण्टाकाे उकालाे हिडेपछि पुरानाे वस्तिरहेकाे शक्तिकाडा पुगिन्छ ,पहिले पच्चिस तीस वटा परिवार वस्ने डाडामा चिटिक्क परेकाे सानाे गाउका रूपमा रहेकाे शक्तिकाडा हाल नीसम्म, उराठिलाे छ ! भत्कियका घरहरूकाे निसानि छ उम्रियका घासपातकाे झाडि छ ! शक्तिकाडामा कृषि गरि वसेका श्रीलाल गाहा भन्छन यहाँ पहिले कति रमाईलाे थियाे संकटकालमा सवै तल ( उपत्यका) झरे अहिले सवै उराठिलाे वन भाछ झाडि भाछ ! ०३३ सालमा गरगरे वाट शक्तिकाडा वस्ति आयका गाहा काे पनि अहिले तल (वेसिमा) घर छ ! उनी दिउसाे माथि जान्छन साझ तल झर्छन ! पुनेल , घर्ती , गाहा ठकुरि ( सिह) र केही वाहुनहरूकाे काे वस्ति थियाे शक्तिकाडामा !
उपत्यकाकाे सुन्दर दृश्य देख्न सकिने याे स्थान पर्यटकिय हिसावले महत्वपुर्ण स्थान हुने देखिन्छ ! भ्यु टावरकाे काम गर्ने शक्तिकाडालाई हाेटल व्यवसायकाे उर्वर भुमि का रूपमा लिन सकिन्छ , चिसाे हावा वहने याे स्थानवाट पुर्वमा मधुराे छिन्चु उपत्यका दक्षिणमा सलल वगिरहने भेरि नदि ,उत्तरमा समथर झिलिमिलि उपत्यका, पश्चिममा पश्चिम सुर्खेतका समतल फाट र भिरालाे जमिन अनि कर्णालि नदि का केही भाग समेत देखिने भएकाेले पनि याे ठाउमा हाेटल व्यवसाय गर्दा पर्यटकले पर्यटकिय आनन्द र उल्लास लिन सक्नेछन मदिरा र मन सग लठ्ठिदै हेर्नेछन सुन्दर सुर्खेत अनि भन्नेछन आहा क्या राम्राे क्या सुन्दर सुर्खेत क्या गजवकाे ठाउँ , मनमाेहक ठाउँ !! आहा गर्नलाई विकास गर्नुपर्छ सडककाे ! डाेजरले वनायकाे सडकलाई ईन्जिनियरिङ रूप दिएर थाेरै स्तरउन्नाेति गरेमा याे मनमाेहक डाडामा सजिलै पुग्न सकिन्छ सवारिसाधन वाट !! पुरानाे भत्कियकाे स्कुलकाे भग्नावशेष पनि छ शक्तिकाडामा !
उतापट्टि वुलवुले गाउँ छ दस वाह्र परिवार रहेकाे याे ठाउमा पुग्न पनि सहज हुनेछ शक्तिकाडामा सडक पुगेमा ! सुर्खेतकाे नगरकाेटका रूपमा परिचित गाेठिकाडा वाट भन्दा सुन्दर दृश्य देख्न सकिन्छ उपत्यकाकाे- शक्तिकाडावाट !

बृहत् पलान गर्नैपर्दैन अहिलेका मेयर उपमेयर सावहरूले आफनै नगरपालिकामा पर्ने शक्तिकाडा र गाेठिकाडालाई पर्यटकिय क्षेत्र घाेषणा गरि थाेरै वजेट विनियाेजन गरि पर्यटकिय सम्भावना वाेकेकाे यी रमणिय स्थललाई व्यवस्थित र विकसित पर्यटक स्थल वनाउन सक्नेछन ! तर पुरानै ताैरतरिकामा रमायमा भाेलि यिनी सावहरूकाे नाम नामेसि रहनेछैन स्मरण रहाेस रिङराेडकाे परिकल्पना साकार पारिदियमा पनि यी र यस्तै पर्यटकिय स्थल लाई विकसित गर्न धेरै रकम विनियाेन गरिरहन पर्दैन ! विन्ति छ नयानेपालका ७५१ राजामहाराजाहरू नया पलानिङका साथ नया विचारका साथ प्रस्तुत भईदेउ शासक त हामिले हिजाे पनि देखेकै थियाै हामिलाई शासन गर्ने शासक हाेईन सहकार्य गर्ने प्रशाशक (जनप्रतिनिधि)काे खाचाे छ !
सुर्खेत जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो । त्यसभन्दा अगाडि सदरमुकाम हालकाे गाेठिकाडा मा थियाे ! सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी पाइन्छ । नेपालको राजधानी देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा र समुन्द्रि सतह देखि लगभग ६६५ मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो । उपत्यकाकाे गर्मि छल्न पनि शक्तिकाडा उत्तम विकल्प हुनसक्छ ! हाल १२ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । नगरपालिकाे वडा नम्वर ९ मा पर्दछ शक्तिकाडा !

बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि दैलेख जिल्ला अन्तरगत रहेको थियो । सुर्खेतकाे क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरु रहेका छन् ।
थुप्रै पर्यटकिय सम्भावना वाेकेकाे सुर्खेत जिल्ला कर्णाली प्रदेशकाे राजधानि हाे राजधानिकै रूपमा रहेकाे नगरपालिकाे एक सुन्दर ठाउँ हाे शक्तिकाडा !! यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन् भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्ब मालारानी गा.वि.स. देखी पश्चिम लगामसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो । उत्तरकाे गाेठिकाडा डाडा र दक्षिणकाे शक्तिकाडा डाडालाई पर्यटकिय स्थल का रूपमा विकसित गर्न विरेन्द्रनगरवासि पछि पर्नु हुदैन सवैकाे चासाे र चिन्तनवाट नै कुनैपनि याेजनाले मुर्तरूप लिन्छ त्याे भन्दा वढि चासाे र चिन्ता त कार्यकारि पद मा आसिन हुनेले लिनुपर्ने हैन र ??