☰ open Loading... 20 April 2024|  

कालिकाेट पचालझरना गाँउपालिकाका सबै विद्यालय खुले
  | ७ मंसिर २०७७, आईतवार १९:२५

कालिकोट,- पचालझरना गाउँपालिका कालिकोटका सबै सामुदायिक विद्यालय खुलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालयहरू खुलेका हुन् ।


कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालयहरू सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिएपछि पठनपाठनका लागि खुला गरिएका हुन् ।पचालझरना गाउँपालिकामा काेराेना संक्रमितको संख्या शून्य हुँदा गाउँ पालिकाभित्र सञ्चालन सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।