☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

कुमार रेग्मीको मैले माया गर्दा …. 
  |

जाँगिरे जिवनमा ब्यस्त दैलेखी सर्जक कुमार रेग्मीको आधुनिक गीत मैले माया गर्दा ….सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । रेग्मीकै शब्द तथा भाषा रहेको गित शुप्रशिद्ध गायक प्रमोद खरेलले स्वरमा बजारमा आउने तयारीमा रहेको हो ।

सुसेली डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिने उक्त एल्बममा १० वटा आधुनिक गीत रहेका छन् । सगीतमा म्युजिक एरेन्ज पूर्ण सम्योगको र म्युजिक कमल शर्माको रहेको रहेको छ ।

सबै उमेर समुहकाले सुन्न मिल्ने खालको गित रहेको रचनाकार रेग्मीले बताए ।दैलेखको सदरमुकामस्थित नारायण नगरपालिका ६ मा जन्मिएका रेग्मी पेशाले लामो समयदेखी सरकारी कर्मचारी हुन् ।

उनी सानैदेखी गित लेखनमा कमल चलाउर्थे । पढाई र जाँगिरले गर्दा आफुले देखेका गितहरु रेर्कड हुन नपाएपनि अव सवै गितहरु पालैपालो बजारमा ल्याउने उनले बताए । १० वटै गितको म्यूजिक भिडियो दैलेख र आसपासका जिल्लामा सुटिग गरिने उनको भनाई छ ।

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     5:27:07 PM