☰ open Loading... 13 October 2024|  

राेल्पा काेरानाकाेे उच्च जाेखिममा
  | १४ मंसिर २०७७, आईतवार १६:२४

यतिबेला राेल्पा कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। जबरजस्ती विद्यालयहरु खोलिएका छन् भने सामाजिक दूरी अपनाइएका छैनन्। अस्पताल, बजार, बैङ्क, प्रहरी चारैतिर संक्रमणकाे संख्या फैलिएको छ। मानिसहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्न छोडेका छन्।
 प्रहरीले आफ्ना कर्मचारी राख्नका लागि अलग्गै आइसोलेसन केन्द्र तयार गरेको भए पनि आम नागरिकका लागि कुनै तयारी समेत छैन। नेपाल बैङ्क लिमिटेडका प्रबन्धकलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन् तर बैङ्कले आफ्नो सेवा बन्द गरेको छैन। जिल्लामा बढी चहलपहल हुने ग्लोवल आईएमई बैङ्कका केहि कर्मचारीमा कोरोना संक्रमण लागेपछि उनीहरुलाई पिसिआर परीक्षणका लागि बाहिर पठाइएको छ।
पर्याप्त सुबिधा र जनशक्तिको अभावमा चलिरहेको अस्पतालमा आउने बिरामीका कारण स्वास्थ्यकर्मीहरु जतिबेला पनि संक्रमणको जोखिममा छन्। ‘कन्ट्रयाक ट्रेसिङ नहुँदा संक्रमितहरु बढीरहेका छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाले भने ‘ब्यवस्थित आइसोलेसन नहुँदा संक्रमित राख्न समस्या भएको छ।’