☰ open Loading... 9 October 2024|  

गुराँस गौरव मार्ग सबै वडामा पुग्यो
  | १५ मंसिर २०७७, सोमबार ०७:४४


दैलेख गुराँस गाउँपालिकाले गुराँस गौरव मार्ग नाम दिएको सडक मार्फत सबै वडालाई जोडेको छ । गुराँस गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्म जोड्ने गौरव मार्ग नाम दिइएको सडकको ६० किलोमिटर ट्रयाक ओपन कार्य सकिएको हो ।करिब ३ करोड लागतमा उक्त सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर ६ को पिलाडीदेखि गोगनपानीको केही भाग जोड्न मात्र बाँकी सडक निर्माण कार्य सकिएको वडा नम्बर ६ का अध्यक्ष हिम बहादुर ओलीले बताए ।

पालिकाको २ करोड र प्रदेश सरकारको एक करोड बजेटमा ट्रयाक ओपन सकिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले कर्णाली जानकारी दिए । तिन बर्षमा सडक निर्माण कार्य सकिएको छ । उक्त सडक स्तरउन्नतीका लागि संघिय सरकारले समेत २ करोड रकम पठाएको अध्यक्ष ओलीले बताए । सडक निर्माणले गाउँपालिकाको सबै वडाका जनतालाई लाभ मिल्ने भन्दै अबको ५ बर्षभित्र कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।