☰ open Loading... 19 April 2024|  

समाजसेवी तिर्थ सुनारले गरे भलिबल खेलाडीलाई जर्सी हस्तान्तरण
  | १६ मंसिर २०७७, मंगलवार १६:२३

समाजसेवी तिर्थ सुनारले भलिबल खेलाडीलार्इ जर्सी हस्तान्तरण गरेका छन् ।

सुर्खेतको सिम्ता गाँउपालिकाको चन्द्र सुर्य युबा क्लबलार्इ समाजसेवी सुनारले जर्सी वितरण गरेका हुन् ।

नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेल उझेलमा परिको यसको प्रबर्दनधको लागी ग्रामिण क्षेत्रका खेलाडीहरुलार्इ जर्सी हस्तान्तरण गरिएको बताए ।

उनले खेलक्षेत्रमा लागेका खेलाडीलार्इ प्रोत्सान गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशि  व्यक्त गरे।

उनले क्लबले खेलकुदका माध्यम बाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले क्लबलाई सहयोग गरिएको जिकिर गरे ।

समाजसेवी सुनारले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विधार्थी र वृद्धावृद्धिहरुलार्इ पनि समाजसेवी सुनारले सहयोग  गरेका हुन् ।

उहाँले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको बताए ।