☰ open Loading... 29 March 2024|  

वन मुद्दामा फरार दुई जना पक्राऊ
  | २२ मंसिर २०७७, सोमबार ०८:५३

दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार दुईजना आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।