☰ open Loading... 13 October 2024|  

कोरोना कारण दैलेखका एक जना पुरुषको सुर्खेतमा मृत्यु
  | २५ मंसिर २०७७, बिहीबार १०:३४

दैलेख – कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेख गुराँस गाउँपालिका–५ का ८७ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विहीवार विहान मृत्यु भएको हो ।

कोभिड–१९ अस्पतालमा आज नै (बिहीबार )नै भर्ना गरिएका वृद्धको सोही दिन कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबारदेखि उनलाई इन्सुलिनबाट उपचार शुरु गरिको उनको आज विहान ८ बजे मृत्यु भएको हो।