☰ open Loading... 19 April 2024|  

भरुवा बन्दुक र काठ सहित तस्कर पक्राउ
  | २५ मंसिर २०७७, बिहीबार २०:५९

सुर्खेत । भरुवा बन्दुकसहित काठ तस्कर पक्राउ परेका छन् । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६ गुठीमा अवैध काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

तीन सय २७ थान चिरान काठ (कडी) र भरुवा बन्दुक सहित स्थानीय बिरबहादुर रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका ईन्चार्ज बखत बहादुर शाहीले बताए । उनका अनुसार उक्त कार्यमा संलग्न भास्कर थापा र ओमबहादुर राझी फरार रहेका छन् । उनिहरुको खोजी कार्य जारी रहेको ईन्चार्ज शाहीले बताए ।

ईन्चार्ज शाहीको कमाण्डमा प्रदेश व्यूरो सहितको १५ जनाको टोलीले भास्कर थापाको पाखो बारी चिरान गर्दै गरेको १३५ कडी चिरान काठ १२८ दशमलव ९२ क्युफिट र ओम बहादुर राजीको गोठबाट १९२ काठको कडी १६५ दशमलव ५३ क्युफिट काठसहित तीनवटा आरा, बन्चरो र सावेल बरामद गरिएको छ ।

सोही क्रममा रावल पनि संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट छानविन गर्दा रावलको गोठमा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा भेटिएको ईन्चार्ज शाहीले जानकारी दिए ।

शाहीका अनुसार हातहतियार खरखजना सम्बन्धि मुद्दामा भरुवा बन्दुक सहित रावललाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । भने बरामद काठ सव डिभिजन वन कार्यालयको रेन्जर शन्तबहादुर थापाको जिम्मा लगाइएको छ ।