| २८ मंसिर २०७७, आईतवार ०७:४४
दैलेख, -दैलेखमा काेराेना परिक्षण निशुल्क हुनेभएको छ। संघीय सांसद रवीन्द्रराज शर्माले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत १५ लाख रुपैयाँ प्रदान गरेपछि जिल्लामा कोरोना परीक्षण निःशुल्क हुने भएको हाे ।
कुनै बेला कोरोना रेडजोन मानिएको दैलेखमा आफ्नै खर्चमा कोरोना परीक्षण भइरहेकामा पिसीआर ल्याबको सुविधा उपलब्ध गराएसँगै निः शुल्क परीक्षण गरेको थियो ।
यसअघि कर्मचारी व्यवस्थापन, किट खरिदलगायत समस्या भएको भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले २ हजार रुपैयाँ तोकेको थियो । रकम लिएर पिसीआर जाँच सुरु भएपछि कोरोना परीक्षण गराउनेहरूको संख्या शून्यमा झरेपछि अबदेखि काेराेना परीक्षण नि:शुल्क गर्न लागिएको सांसद रवीन्द्रराज शर्माले बताए ।