☰ open Loading... 9 October 2024|  

कोरोना कारण दैलेखका पुरुषको सुर्खेतमा मृत्यु
  | १० पुष २०७७, शुक्रबार ०६:३०

दैलेख । कोरोना कारण दैलेखका पुरुषको सुर्खेतस्थित वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा उपचारको क्रममा दैलेखको नारायण नगरपालिका वडा नं. २, का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबार १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।





अधिकृत कँडेलका अनुसार सास फेर्न कठिनाई, खोकी, ज्वरो र खानामा रुचि नहुने मस्या भएपछि मंसिर २६ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण संक्रमणबाट मृत्यु हुनेकाे संख्या २५ पुगेको छ।