☰ open Loading... 12 October 2024|  

संसद विघटन विरुद्ध प्रदर्शन ,प्रचण्ड -नेपाल सहभागी
  | १० पुष २०७७, शुक्रबार १०:३७

 

काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

आन्दोलनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु मण्डला पुगिसकेका छन्।