☰ open Loading... 20 April 2024|  

गाउँमा बिजुली बलेपछि स्थानिय खुसि
  | १४ पुष २०७७, मंगलवार १०:२४

 

 

सिमकोट।हुम्लाको उत्तरी गाउँमा निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि स्थानीय खुसि भएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीमा बिजुलि पुगेको छ ।
यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले बताए । छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युत्ले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन् ।