☰ open Loading... 20 April 2024|  

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षामा सात जना नक्कली परिक्षार्थी सात जना पक्राउ
  | १९ पुष २०७७, आईतवार १४:०५

सुर्खेत । सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।

त्यस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न सकेको छैन भने उनिहरु फरार रहेका छन् ।

कार्यालयले दिएको जानकारी अनुसार गणेश बहादुर रोकायको सट्टामा सन्तोष कार्की, कमल रोकायको सट्टामा ईराज तामाङ, कविता कार्कीको सट्टामा कमला शर्माले परिक्षा दिएको कार्यालयले जनाएको छ ।

उनिहरुलाई थप अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।