☰ open Loading... 9 October 2024|  

युग बदलिए, ब्यवस्था बदलिए ,जनताको कथा व्यथा उस्तै
  | २० पुष २०७७, सोमबार ११:३२

 

 

 

 

सति आए पनि उस्तै,
कली आए पनि झन उस्तै ।
द्धापर आए पनि उस्तै
त्रेता आए पनि उस्तै ।
नेपालमा जती ब्यवस्था
आए पनि गरीवी र अशिक्षा।
कही परिवर्तन छैन देखिन्छ
गणतन्त्रमा पनि झन अशिक्षा ।
गरिवी हत्या हिंन्सा वलत्कार
दुरुस्तै अति भो अति कस्लाई ।
दोष दीने गफाडी राजनितीज्ञ
हरुका बानी वेहोरा उस्ता उस्तै ।।

हजुर सनातन धर्मले भरीपुर्ण देब भुमि तपो भुमिले विश्वकै उत्कृष्ट , जल जंगलमा विश्वकै नमुना उर्वर भुमिमा देशकै उत्कृष्ट खानी जडीबुटीमा संसारकै उच्च हाँसेका हिमाल, फुलेका गुराँस, नाचेका मयुर, गाएका कोईली , फलेका फलफुल, उब्जने अन्नका तराँई फाँट हिमाल, पहाड, तराई मधेसमा गौरवको भुमि मेरो स्वदेश यो पवित्र पतीत पावन भुमिमा जल बगेका छन । तिर्खा मेटीईदैन हराभरा जँगल जडीबुटी छन औषधि भेटीईदैन , हाँसेका हिमाल , फुलेका गुराँस छन सँस्कार देखिईदैन ।
यो प्रकृतीले दिएको भण्डारमा भुगोललाई दोष दिई हाँसि खुसि राख्नु पर्ने देशमा शिक्षा, दिक्षा, गास,बाँस, कपास को शुशासनको प्रत्याभुती समाजको राज गर्ने राजनीती जती युग बदलिए पनि जति ब्यवस्था बदलिए पनि समाज भने बदलीन सकेका उदाहरण अवश्य मेव छेनन् । हामी शनि द्धापर त्रेता र कली युगमा भौथौ युगमा प्रवेश गरेका नेपाली दाजु भाई दिदी बैनी आमा बुवा एक्कीसवा सताब्दीमा प्रवेश गरेका छौँ ।

हामी भन्दा कान्छा राष्ट्र अमेरीका, भाईना, भारत, सवै राष्ट्र हरु पृथ्वीमा विकाश गरी आंकाशको खोजी गरी मनुस्य जुनी धन्य बनाई इश्वरत्व प्राप्त गर्न सक्ने अन्वेषण को खोजीमा छन । तर म भन्छु हाम्रो राष्ट्र नेपालमा कोत पर्व , औलो पर्वभए, भण्डार खाल पर्व भए, तर पनि पुर्खाले दुश्मनको छक्की छुटाई लडी विर गोर्खालीको इतिहाँस रच्न सफल र सबल भए ।

सुगौली सन्धी भए ग्रेट नेपालको अबधारणा कायम गर्न लागी परे र गोर्खाली सच्चा इमान्दार बफाँदार गलत देखी नसक्ने इमान्दारी बेच्न नसक्नेको इतिहाँस रचे श्रृस्टीको नियमको विरुद्धमा सुत भर जान नसक्नेको सुचिमा ब्रिटेनमा सेनाको लागी छनोट गोर्खाली रेजिमेण्टमा नेपाली एक नम्बरमा छनोट भएको इतिहाँस सांक्षी हुदा हुदै पनि एकिसवा सत्ताब्दीमा आईपुग्दा चोर गोर्खालीको कित्तामा देश डुब्नका तथ्य प्रमाणहरु हामिले खोज्ने बेला भने अवश्य हामि साम ु देखा परेको छ । मैले माथी उल्लेख गरे वगेका जल छन तृर्खा भेटिन्न उब्जेका ग्रन्थछन ज्ञान भेटीईदैन , हाँसेका हिमाल, नाँचेका मयुर छन संस्कार देखिईदैन फलेका फलफुल छन विचार देखिईदैन तराईका फाँट छन भोग मेटीर्यदैन हरिया जँगल छन जडीबुटी छन औषधी भेटीई दैनन । अब नेपालमा भुगोललाई दोष दीएर भाषण गरेर टार्नेहरुको खोज विन गर्नेबेला भई सक्यो आँउ खोजी निती तर्फ लागौँ । यो देशमा विर गोर्खालीले लडी १८७२ मा सुगौली सन्धि गरे । ततपश्चात सुगं सुन्दरीको मोजमा रमाउने मोजमस्तीमा चुरलम्म डुब्ने कुख्याँत राजा रजौटा र चौतारीया हरुको अयांसी राज चल्यो कोत पर्वमा फत्तेजंग शाह चौतारिया थिए ।

कोत पर्व १९०३ अशोज २ गते भएको थियो । भण्डार खाल पर्व १९०३ कात्त१ीक १२ गते भएको थियो , औलो पर्व १९०४ मा भएको थियो । भण्डार खाल पर्वमा काँजी विर ध्वज बस्नेतको हत्या भयो । रानीका सम्पुर्ण अधिकार खोसिये , जंंङ्गबहादुरको उदय भयो जंङ्गबहादुर सुरा सुन्दरी राख्दै सीडीमा लाइन लगाएर छुदै कुर्षीमा बस्ने मध्येका एक हुन जस्ले विश्वकै मंहंगो बेश्यां ब्रिटेनमा भोग गरेका थिए। ७२०० सय डलरमा यो कुख्याँत इतिहाँसको अन्त्य गर्न गंगालाल धर्मभक्त सुक्रराज शास्त्री , दसरथ चन्द, जस्ता विर सहिद हरुले ज्यानको वाँजी राखी वि.पी कोईराला र पुष्पलाल श्र्रेण्ट्र जस्ता राजनितीक योद्धा हरुले २०० साल मा राणा परास्त गरी प्रजातनत्र को थालनी गरे र २००७ साल देखी २०१५ साल सम्म आठसन सदिए राजनितीक दलको मिलो मतोमा प्रजातनत्र चल्यो र प्रजातन्त्रको चुनाव भयो ।

२०१५ सालमा तर दलहरुकै अक्रमण्यताको शिकार हुन पुगि राजा महेन्द्रले प्रजातन्त्र कु गरी कालो पंन्चायती व्यवस्था लादन सफल भए ततपश्चात राजा विरेन्द्र राज गद्धीमा आए सुधारीएको पंन्चायत लागु गर्नु भयो र शान्ती क्षेत्र घोषणा गराउन पहल भयो । सबै राष्ट्रले मान्यता दीए तर विस्तार वाद भारत भने नेपालको वर खीलाप मा गयो अन्तत्व गत्वा शान्ती क्षेत्र नेपाल घोषणा हुन असफल भयो । अयांसी र विलाशिताका छिटाहरु सबै परिवर्तनमा सर्दै नगएका भए सायद यती धेरै व्यवस्थाहरु नेपालमा परिवर्तन हुने थिएनन् होला ।

नैतिकता , विकाश, अशिक्षा, को मडारीएको बांदल हटी उज्यालो तर्फ अवश्य जाने थियो होला । ततपश्चात वहुदल निर्दलको चुनाव भयो प्रधानमन्त्री सुर्य वहादुर थापाले वहुदल परास्त गरी पंन्चायतलाई जितायो अनि २०४६ सालको ऐतिहाँसिक जन आन्दोलन बाट राजा समेतको प्रजातन्त्र ल्यायो । त्यो पनि १२ वाह« बर्ष मै असफल भयो । अहीलेका शाशकहरुले जनयुद्धको घोषणा गरी १७०० हजार मान्छेले जिवनको बलीदानी दिए ।१२ वाह« बुदे समझदारी अनुसार गणतन्त्र आयो बडो ठुलो जनताको त्याग तपश्या बांट दुई दूई सम्विधान घोषणा भई आम निर्वाचन भयो जस्मा ने.क.पा. एमाले र माओबांदी एकिकरण भई दुई तिहाईको बहुमतको सरकार नेपाली जनताले दिगो शान्ती शुसासन विकाँश र समवृद्धीको लागी नेपाली जनताले दिए तर नेपाल जस्तो पतित पावन पवित्र देब भुमिहरुमा पशुपति नाथ भनेर काठमाण्डौ मा स्थापित छन हामी राष्ट्रका कुल देवता मान्दछौँ । तर यहाँ शिव राज्य हुनु पर्नेमा सती काल देखी कलीमा आई पुग्दा समेत भस्मासुर हरुको झुण्डले चलाएको नाता वाद, कृपावाद, फरीया वाद, माँफीया, भुमाफीया, दलाल, तस्कर, गुण्डा र चोर हरुको राक्षेषी राजले नेपाली जनता जल वगेको छ । तिर्खा मेटीइदैन बेदउब्जेको छ शिक्षा पाईदैन , तराई फाँट छ भोक मेटीइदैन , हिमाल हाँसेका छन, मयुर नाचेका छन, फलफुल फलेका छन सस्कार पाइदैन को स्थितीमा रुमलीई राखेका छौँ ।

यो हुनुमा अवश्य मेव विचरा गरवि जनता को दोषत अवश्य मेव छैन । यहाँ दोष देखिइन्छ अवश्य मेव अराजक राज नितीज्ञहरुको जस्मा ब्रहमाको बेदको ज्ञान छैन । कृर्षी उत्पादनमा ध्यान छैन । हासेका हिमाल, बगेका जल, फलेका फलफुल, हरिया जंगल, जडीबुटी योजनामा ध्यान छैन । खानी पैल्याउनत कोषौ परका कुरा हुन । नाता वाद, कृपा वाद, फरीया वाद, दलाली , विचौलीया, माँफीया,भुमाफीया , चोर गुण्डा छिनार र झोले झाम्टेहरु भन्दा कहील्यै राजनीती बाहीर आउन सकेको अवस्था रहेन । यो हुनुमा कोत पर्व , भण्डार खाल पर्व, औलो पर्व र हाम्रा पुर्वजहरुले ज्यानको वाजी राखी लडाई लडी सन्धि गर्दा मृत्यु वरण गरेका पुर्खाहरु पित्रीहरु तारण हुन नसकेका हुन त लागौ यस तर्फ पनि त्यसो हो भने हामीले विचार पु¥याउनै पर्ने तथ्य भनेको अवौ अर्वको भष्ट्राचार गरी देश डुवाउनु भन्दा करोडमा मात्र मृत्यु वरण गरेका ज्ञात अज्ञात सहीत प्रती १ एक मिनेट मौन धारण गयौ भनेर स्याङ्ग र ढवाङ्ग फुक्नु भन्दा पनि एक करोड खर्चेर अवश्य मेव यज्ञ लगाई बेला बखतमा मृत्यु वरण गरेका हाम्रा राष्ट्रीय पित्रीहरु लाई मुक्ती दिलाई बैकुण्ठमा बाँस गराँई सतहत्तरै जिल्लामा यज्ञको थालनी गरी श्रीमद भागवत गिताको तेस्रो अध्यात्य बांचन गर्दा प्रितीका देवता विष्णु सदा प्रशन्न भई मन बान्छीत फल दीन्छन ।

स्वार्थका लागी लडार्य, कुर्षीका लागी लडाई, पैसाका लागी लडाई गर्नु भन्दा पनि श्रृस्ट्री श्रृजनाको नियम पालना गरी विधिको विधान अनुसारको शुसाशन संस्कार सस्कृतीको थालनी गरी अन्नको भण्डार नेपाल, उर्जाको भण्डार नेपाल, थितीको भण्डार नेपाल, रितीको भण्डार नेपाल सस्कार सस्कृतीको भण्डार नेपाल बनाउन व्यक्ती गत , गुटगत, पार्टीगत, दलगत, स्वार्थपरक संन्जालको अन्त्य गरी विचार र योजनाको खेती नेपाल बनाउने होकी यस तर्फ राज्यको जनताको बुद्धीजिवी योजनाकार गजलकार कवि वुद्धीजिवी मानव अधिकार बादी शिक्षक विद्यार्थी राजनेता बृद्ध बृद्धा युवा युवती कलाकार ,गलाकार नागरीक समाज पत्रकारको सवैको नजर यस्मा लगाउदा कस ोहोला मेरो र जनताको विचार हजुर हरुमा पस्क ।े नेपाली निरीह जनतालाई चाहे काला पानी नाला पानी युद्ध देखी जन युद्ध सम्म तपाई महां महीम हरुलाई शाथ नदीएका होईनन् । तपाईहरुको हुतिहारा निती र विचार सस्कारले गर्दा जनता प्रताडीत हुन पुगेका छन ।

तपाईहरु मिसन भिजन नभएका अनविज्ञहरुलाई जनताले जिताएर पठाए पनि तपाईहरुले जनतालाई पराजित नै गराउनु भएको छ । हाल सम्मका आन्दोलन बाट जनताले गरीवी, भोग, रोक, अशिक्षा, वेरोजगारी वाहेक का कुनै उपलब्धि हाशिल गरेका छैन भने तपाईहरु जनता समक्ष गएर हामीले यो काम जनताको लागी गरेका छौँ ।

हाम्रो साथ देउ भन्ने हिम्मत छ छ भने जनतालाई मांग गर्ने हिम्मत राख्नु होश हैन भने तपाईहरुका झोले झाम्टे कार्य कर्ता र मांफीया, भुमाफीया, दलाल, चोर गुण्डा, विचौलीयाले राष्ट्र निली सकेको छ । तपाई झुट्टा खोक्रा भाषणले देशमा रोग, भोग, शिक्षा, स्वार्थ मुलो, जडीबुटी, जलजंगल खानीले र तपोभुमि नेपालका धार्मीक प्रर्यटकीय स्थल ओझेलमा पारी तपाईहरुको खोक्रो भाषणले नेपालीहरु गरिवीको चपेटा मा परी भौगोलीक विक्ररताको नाउमा उर्वर भुमि नेपाल पर्यटकीय भुमि नेपाल, तपोभुमि नेपाल, जल जँगलको धनि नेपाल , जडीबुटीको धनि नेपाल, ओझेलमा परि झुट वोलेको हुनाले गरिव असफल र अविकशित नेपालको सुचिमा परेको हुनाले अब झुटको राजनीती गरी जनतालाई अलमलमा पार्न छोड्नु होस् ।

१०५ जना सांसद राखी देश विकाशमा लाग्नुहोश। विकेन्द्रीकरण को अवधारणा सतहत्तरै जिल्लामा लागु गर्नु होस् । नागरीक लगानी कोष , क.ष. कोष विमा अस्पताल वार्ड वार्डमा राख्नुहोस् ओखो भाषणमा झोले झाम्टे लाई काँममा लगाउनु होस् र तपाई लाई गुण्डा पाल्नु परेन देश स्वर्ग बन्दछ ।

र देश भिग मागा हुदैन र वैज्ञानीक शिक्षा स्वरोजगार मुलुक शिक्षा शिपको शिक्षा दीनुहोस देश जललाई प्रयोगमा ल्याई कृर्षीमा आत्म निर्भर ,शिक्षामा आत्मनिर्भर, उद्योग कलकारखानामा आत्मनिर्भर गर्न विज्ञ जनशक्ती उत्पादन गर्नुहोस् । घाँटी च्यातेर हात हल्लाएर भाषण गर्नु पर्दैन । नेपाली जनताले बौद्ध झै तपाईको पुजा गर्नेछन । अन्यथा वकमफुस्से भाषर्णले परिवर्तन आउने वाला छैन । एउटाले अर्कोलाई गाली गलौच गर्दा विश्वमै नेपालीहरुको वेइज्जत हुन जान्छ । तपाईको गाली गलौचले नेपालमा परिवर्त हुने वाला छैन । देश विकाश र समुउन्नतीमा जाने वाला छैन व्यक्ती गत स्वार्थको लागी देश अनिर्णयको बन्दी हुदा जनता तपाई स्वार्थी हरुलाई अवश्य दण्ड दिनेछन । विज्ञ हौ भन्छौ विज्ञता राख परोपकाय् पुण्याय् पापाय परि पिडनम्

लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्या.तथा ब्या.क.ली
शाखा दैलेख