☰ open Loading... 22 January 2021|   शुक्रबार, माघ ९, २०७७

गाडी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाह सहित ५ जना घाइते
  |

दैलेख । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् ।बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा पूर्वराज्यमन्त्री विनोदकुमार शाह उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

 

प्रकाशित मितिः सोमवार, पुस २०, २०७७     6:46:10 PM