☰ open Loading... 16 April 2024|  

सुर्खेतमा कोरोनाका कारण थप एकजनाको मृत्यु
  | २२ पुष २०७७, बुधबार २१:५५

सुर्खेत । कोभिड-१९ (कोरोना भाइरस) का कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका-८, की ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।

पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्‍याइएको थियो । सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।