☰ open Loading... 9 October 2024|  

सेवा प्रवाह प्रभावकारी बनाउन नागरिक निगरानी
  | २३ पुष २०७७, बिहीबार ०७:०४

दैलेख -सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन दैलेखमा पत्रकार, स्थानीय नागरिक समाजले स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका छन्।सुन्दर नेपाल संस्थाले अायाेजना गरेको कार्यक्रममा शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक गतिविधिमा छलफल भएको थियो ।

नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र ,शिक्षा क्षेत्रमा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्ने , हामीले अाफ्नाे ठाउँबाट निगरानी गरिरहेको शिक्षक कृष्ण थापाले जानकारी दिए।शिक्षा प्रणालीलाई आर्थिक सामाजिक रूपान्तरणको संवाहकका रूपमा विकास गर्ने, सबै तह एवं शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्ने, शिक्षालाई उन्मुख बनाउने, गुणस्तरमा सुधार एवं व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गरी आर्थिक सामाजिक विकासका लक्ष्यहरू हासिल गर्नेतर्फ शिक्षा क्षेत्रका नीति तथा कार्यक्रमहरू उन्मुख रहेका छन्।शिक्षा स्वास्थ्य क्षेत्रमा भएको समस्या लागि हामीले पटकपटक सम्बन्धित निकाय, स्थानीय सरकारलाई जानकारी दिएको सुनुवाइ भएकाे छैन शिक्षक थापाले गुनासो गरे ।

यसैैगरी शिक्षकको क्षमता विकास तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रमको दिगो तथा गुणात्मक विकासका लागि स्थानीयस्तरमा सहकार्य गरेर बढ्न आग्रह गर्दै शिक्षा क्षेत्र ,स्वास्थ क्षेत्रमा धेरै समस्याको हुने भएकोले सुधार गर्न जरुरी देखिएको पत्रकार ,नागरिक समाजले सुझाव दिएका थिए।