☰ open Loading... 13 October 2024|  

ओढारमा बस्दै आएका चार महिलालाई प्रशासनले उद्धार गर्‍यो
  | २३ पुष २०७७, बिहीबार १०:३४

जुम्ला- चन्दननाथ नगरपालिका–३ स्थित ओढारमा बसिरहेकी कमला कुमाईसहित चार बेवारिसे महिलालाई जिल्ला प्रशासन जुम्लाको समन्वयमा उद्धार गरिएको छ।जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा रहेको ओढारमा बस्दै आयएकी ६० वर्ष हाराहारी देखिने कुमाई उनी मानसिक रूपले पनि समस्याग्रस्त देखिन्छिन्। साथै उनमा पाठेघरको पनि समस्या देखिएको छ। ओढारमा भेटिएका चारै जना मानसिक रोगी हुन्।ओढारमै थलिएकी कुमाईको पटक–पटक रक्तश्राव भएको भेटिएको छ।

 

यसरी उद्धार हुनेहरूमा चन्दननाथ नगरपालिका–९ की पुनी तिरुवा, दैलेख ठेगान भएकी कमला कुमाई, तातोपानी गाउँपालिका–५ की बाहुनी लाटी, सिंजा गाउँपालिका प्रेमकली नेपाली छन्।प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले र ससस्त्र प्रहरीका गगन श्रेष्ठ, चन्दननाथ नगरपालिका, पत्रकार सम्मिलित टोलीले त्यही ठाउँमा पुगेर उनीहरुको उद्धार गरेका हुन्। प्रजिअ थापाका अनुसार तत्काल उनीहरुलाई जुम्ला पुनःस्थापना गर्ने ठाउँ नभएकाले मानव सेवा आश्रम सुर्खेत पठाइएको छ।